हरिवंश आचार्यको आँखाको सफल अप्रेसन

हरिवंश आचार्यको आँखाको सफल अप्रेसन

  • कुराकानी कुराकानी

  • शुक्रबार, पुस ४, २०८२

  • 2
    SHARES
हरिवंश आचार्यको आँखाको सफल अप्रेसन

काठमाडौं । अभिनेता हरिवंश आचार्यको आँखाको मोतिबिन्दुको सफल शल्यक्रिया गरिएको छ । तिलगंगा आँखा प्रतिष्ठानमा शुक्रबार उनको दाहिने आँखाको मोतिबिन्दुको अप्रेसन गरिएको हो।

चिकित्सक सन्दुक रुइत र रीता गुरुङको टिमले शल्यक्रिया सम्पन्न गरेको हो। उपचारपछि हरिवंशले सामाजिक सञ्जालमार्फत भिडियो सेयर गर्दै उपचारमा संलग्न चिकित्सकप्रति आभार व्यक्त गरेका छन्।

चिकित्सकले उनलाई १५ दिनसम्म आराम गर्न, कालो चस्मा लगाउन, धूलो–धुवाँबाट टाढा रहन र आँखा नमिच्न सुझाव दिएको हरिवंशले अनलाइनखबरलाई बताए।

यसैबीच, हरिवंश आचार्य आगामी फिल्म ‘पाँच पाण्डव’ मा अभिनय गर्दैछन्। फिल्म माघ महिनादेखि छायांकनमा जाने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार
       © 2022 - 2025 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology