काठमाडौं । सर्वपक्षीय सरकार गठनको माग गर्दै मिराज ढुंगानासहितका युवाहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।
प्रदर्शनका क्रममा प्रहरीले रविकिरण हमालसहित ५ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ।
माइतीघरमा भेला भएका युवाहरूले सर्वपक्षीय सरकार गठन गरेपछि मात्रै चुनाव हुनुपर्ने माग गरेका थिए। उनीहरूले ‘जेनजीको माग चुनाव होइन, सुशासन हो’ लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए।