राजनीतिक गतिविधि विवादपछि ऊर्जामन्त्री कुलमान घिसिङको राजीनामा

राजनीतिक गतिविधि विवादपछि ऊर्जामन्त्री कुलमान घिसिङको राजीनामा

सामाजिक सञ्जाल तथा जनस्तरबाट मन्त्रीहरूको राजनीतिक संलग्नतामाथि प्रश्न उठेपछि सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री कार्कीले उनलाई राजीनामा दिन निर्देशन दिएकी थिइन्।

  • कुराकानी

  • बुधबार, पुस २३, २०८२

  • 2
    SHARES
राजनीतिक गतिविधि विवादपछि ऊर्जामन्त्री कुलमान घिसिङको राजीनामा

कुराकानी । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिएका छन्। उनले सोमबार केहीबेरअघि प्रधानमन्त्री सुशीला कार्कीसमक्ष आफ्नो राजीनामा बुझाएका हुन्। राजीनामा बुझाएसँगै प्रधानमन्त्री कार्कीले उनलाई औपचारिक बिदाइ गरेकी छिन्।

प्रधानमन्त्री कार्कीले घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिँचाइसँगै भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको जिम्मेवारी समेत दिएकी थिइन्।

नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक (सीईओ)को रूपमा चर्चित घिसिङले मन्त्री बनेपछि आफ्नै संरक्षकत्वमा ‘उज्यालो नेपाल पार्टी’ दर्ता गराएका थिए। पछि उनले १४ पुसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग उपसभापतिको सहमति गर्दै पार्टी एकता गरेका थिए।

गैरदलीय सरकारको मन्त्री पदमा रहँदै राजनीतिक दलको गतिविधिमा संलग्न भएको भन्दै घिसिङको आलोचना हुँदै आएको थियो। सामाजिक सञ्जाल तथा जनस्तरबाट मन्त्रीहरूको राजनीतिक संलग्नतामाथि प्रश्न उठेपछि सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री कार्कीले उनलाई राजीनामा दिन निर्देशन दिएकी थिइन्।

सोही निर्देशनअनुसार घिसिङले मन्त्री पदबाट राजीनामा दिएका हुन्।


सम्बन्धित समाचार
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology