समानुपातिक सांसदलाई भोलीसम्ममा प्रमाणपत्र दिने

समानुपातिक सांसदलाई भोलीसम्ममा प्रमाणपत्र दिने

  • कुराकानी

  • बुधबार, चैत्र ४, २०८२

  • 0
    SHARES
समानुपातिक सांसदलाई भोलीसम्ममा प्रमाणपत्र दिने

कुराकानी । निर्वाचन आयोगले भोलि समानुपातिक सांसदहरूलाई प्रमाण पत्र दिने भएको छ।

आयोगका अनुसार समानुपातिक प्रणालीबाट निर्वाचित सांसदरूले बिहीबार बिहान साढे ११ बजे निर्वाचित भएकाे प्रमाण पत्र ग्रहण गर्ने कार्यक्रम तय भएको छ।

उक्त कार्यक्रम आयाेगकाे प्राङ्गण कान्तिपथमा हुनेछ।

फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन भएको थियो। समानुपातिकतर्फ ११० जना निर्वाचित भएका छन्।

प्रत्यक्षतर्फ १६५ जना निर्वाचित भएका थिए। प्रत्यक्षतर्फ निर्वाचित भएकाहरूले यसअघि नै प्रमाण पत्र पाइसकेका छन्।

सांसदहरूको शपथ भने चैत १२ गते गर्ने तयारी छ।


सम्बन्धित समाचार
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology