जेन–जी आन्दोलनबारे सरकारको पहिलो निर्णय

जेन–जी आन्दोलनबारे सरकारको पहिलो निर्णय

  • कुराकानी

  • शुक्रबार, चैत्र १३, २०८२

  • 1
    SHARES
जेन–जी आन्दोलनबारे सरकारको पहिलो निर्णय

कुराकानी। नयाँ बनेको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरिएको छ। सरकारका प्रवक्ता सस्मित पोखरेल ले जेन–जी आन्दोलनको दम (दमन) सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने लगायत चार वटा निर्णय भएको जानकारी दिए।

आजै प्रधानमन्त्री नियुक्त भएका बालेन शाह ले पहिलो मन्त्रिपरिषद् बैठक बोलाएका थिए। बैठकले गौरीबहादुर कार्की अध्यक्षतामा गठित आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको प्रवक्ता पोखरेलले बताए।

बैठकका निर्णय अनुसार भदौ २३ र २४ मा भएको जेन–जी आन्दोलन तथा यसअघि भएका विभिन्न आन्दोलनका क्रममा ज्यान गुमाएका ज्ञात–अज्ञात शहीदहरूप्रति सम्मान एवं श्रद्धाञ्जली व्यक्त गरिनेछ। साथै, नेपाल सरकारको प्रवक्ताको जिम्मेवारी माननीय शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीलाई तोक्ने निर्णय गरिएको छ।

यसैगरी, सरकारको शासकीय सुधारका सय कार्यसूची स्वीकृत गरिएको छ, जसलाई भोलिसम्म सार्वजनिक गरिने जनाइएको छ। भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएका घटनाको जाँचबुझ गर्न गठित कार्की आयोगले सरकारसमक्ष पेश गरेको प्रतिवेदन देहाय बमोजिम कार्यान्वयन गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ।


सम्बन्धित समाचार
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology