शिव परियारले कार्की आयोगको प्रतिवेदनविरुद्ध स्पष्टीकरण दिए

शिव परियारले कार्की आयोगको प्रतिवेदनविरुद्ध स्पष्टीकरण दिए

भाद्र २४ गते उनले सामाजिक सञ्जालमा फैलिएको “बेपत्ता पारिएका ३२ जना संसद भवनभित्र मृत फेला” भन्ने खबरको सत्यता बुझ्न जिज्ञासात्मक प्रश्नमात्र पोस्ट गरेका थिए।

  • कुराकानी

  • सोमवार, चैत्र १६, २०८२

  • 1
    SHARES
शिव परियारले कार्की आयोगको प्रतिवेदनविरुद्ध स्पष्टीकरण दिए

कुराकानी । गायक तथा कलाकार शिव परियार ले हालै सामाजिक सञ्जालमा आफू विरुद्ध आएको “सामाजिक सञ्जालमा भ्रामक प्रचार गर्ने व्यक्ति” भन्ने आरोप असत्य भएको भन्दै नेपाल सरकार र आम नागरिकसमक्ष स्पष्टीकरण प्रस्तुत गरेका छन्।

परियारले बताएका छन् कि भाद्र २४ गते उनले सामाजिक सञ्जालमा फैलिएको “बेपत्ता पारिएका ३२ जना संसद भवनभित्र मृत फेला” भन्ने खबरको सत्यता बुझ्न जिज्ञासात्मक प्रश्नमात्र पोस्ट गरेका थिए। उनले उक्त पोस्टले कुनै दाबी, पुष्टि वा भ्रामक सूचना प्रवाह गर्ने उद्देश्य नराखेको स्पष्ट पारेका छन्।

उनका अनुसार, पोस्ट हटाइसकेपछि उनका शुभचिन्तक र फलोअरहरूले उक्त खबर भ्रामक भएको पुष्टि गरेका थिए। तर, केही सञ्चारमाध्यमहरूले वास्तविकता नबुझी उनलाई भ्रामक प्रचारकर्ता भनेर चित्रण गरेका थिए।

शिव परियारले सरकारसँग अनुरोध गरेका छन् कि भ्रामक समाचारको आधारमा लागेको आरोप पुनर्विचार गरियोस्। साथै, उनले दर्शक र श्रोताहरुलाई भ्रामक सूचनाप्रति सजग रहन पनि आग्रह गरेका छन्।


सम्बन्धित समाचार
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology