कुराकानी । कलाकार सागर लम्सालमाथि बलात्कारको आरोप लागेको छ । अमेरिकामा रहँदै आएकी एक युवतीले उनीमाथि बलात्कारको आरोप लगाएकी हुन् । पीडित युवतीले एक वर्ष अगाडी कार्यक्रमको सिलसिलामा अमेरिका आएका लम्सालले आफूमाथि बलात्कार गरेको बताएकी छिन् ।
उनि बलात्कृत युवती नृत्य जगतमा चर्चित कलाकार तथा निर्देशक गजित बिष्टकी छोरी हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लामो स्टयाटस लेख्दै यसबारे खुलासा गरेकी हुन् ।
उनी थप भन्छिन्– ‘जति आशा बाँकी थियो, जति शक्ति बाँकी थियो, सबै हरायो। मेरो आवाज निस्किएन। म चिच्याउन चाहन्थेँ, आफ्नो परिवारलाई भन्न चाहन्थेँ, तर त्यस्तो अवस्थामा पनि केही भनेँ भने मेरो परिवार टुट्छ कि भन्ने डर लाग्यो।’
पीडित युवतीले भनेकी छिन्– ‘यो घटनाले मलाई हरेक दिन भित्रभित्रै खाइरहेको छ। राम्रोसँग सास फेर्न सक्दिनँ, खान सक्दिनँ, लाग्छ म एउटा जीवित लासजस्तै भएकी छु। र त्यो राक्षस आफ्नो घर फर्केर खुलेआम बाँचिरहेको छ।’
आज अलि हिम्मत आयो र यो लेखेँ। मलाई थाहा छ, मैले न्याय पाउँदिनँ, र अब लड्ने हिम्मत पनि छैन। तर जसले मसँग यस्तो गलत गर्यो, उसले आफ्नो कर्मको परिणाम भोग्नै पर्छ। भविष्यमा उसले अरू कसैसँग यस्तो गर्न नपाओस्।
उनले आफू सानैदेखि डिप्रेसन र एन्क्साइटीसँग संघर्ष गरिरहेको पनि उल्लेख गरेकी छिन् ।
विभिन्न हाँस्य टेलिचलचित्र तथा फिल्ममा काम गरिसकेका सागरलाई धेरैले बले उपनामले चिन्छन् । उनको डल्लेले इन्ट्री मार्यो नामको फिल्म प्रर्दशनको संघारमा छ ।
यसअघि पनि उनि तस्विर दुरुपयोग मुद्दामा बिबादमा आइसकेका छन् ।
सागरले आफ्नो तस्बिर र भिडियो दुरुपयोग गरेको कारण प्रिज्मा प्रहरी गुहार्न पुगेकी थिइन् ।