अंग प्रत्यारोपणमा किष्टको छलाङ, नेपालमै अग्रणी बन्दै

अंग प्रत्यारोपणमा किष्टको छलाङ, नेपालमै अग्रणी बन्दै

  • कुराकानी

  • बिहिबार, बैशाख १७, २०८३

  • 2
    SHARES
अंग प्रत्यारोपणमा किष्टको छलाङ, नेपालमै अग्रणी बन्दै

कुराकानी । किष्ट शिक्षण अस्पतालले अंग प्रत्यारोपण सेवामा सफलताको नयाँ रेकर्ड बनाएको छ । अस्पतालले हालै आफ्नो १५औँ कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गर्दै नेपालमै सर्वाधिक सफलताको किर्तिमान कायम गरेको हो।

अस्पतालको ग्याष्ट्रोलोजी डिपार्टमेन्ट टिमको नेतृत्वमा प्राप्त यस सफलतालाई स्वास्थ्य क्षेत्रमा ठुलो उपलव्धिका रुपमा हेरिएको प्रेश बिज्ञप्ती जारी गर्दै किष्ट अस्पतालले जानकारी दिएको छ ।

सन् २००६ देखि बहुविशेषज्ञ सेवा प्रदान गर्दै आएको किष्ट अस्पतालले अंग प्रत्यारोपणको क्षेत्रमा पनि आफ्नो बलियो उपस्थिती बनाउँदै आएको छ। हालसम्म अस्पतालले १९८ वटा मिर्गौला पनि सफलतापूर्वक प्रत्यारोपण गरिसकेको छ।

हालै सम्पन्न प्रत्यारोपण प्रक्रियाले चिकित्सा उपलब्धिसँगै मानवीय संवेदनालाई पनि उजागर गरेको छ। उक्त प्रक्रियामा छोरीले आफ्नै बुबालाई अंग दान गर्दै जीवनदान दिएको घटनाले पारिवारिक सम्बन्ध, समर्पण र विश्वासको उदाहरण प्रस्तुत गरेको अस्पतालले जनाएको छ।

स्वास्थ्य सेवामा प्राविधिक दक्षतासँगै यस्ता मानवीय पक्षले पनि उपचार प्रक्रियालाई थप अर्थपूर्ण बनाउने चिकित्सकहरूको भनाइ छ।

अस्पतालको किष्ट ग्यास्ट्रो सेन्टरमा अत्याधुनिक उपकरण, अनुभवी सर्जन र दक्ष स्वास्थ्यकर्मीहरूको टिममार्फत जटिल शल्यक्रियाहरू नियमित रूपमा सम्पन्न हुँदै आएका छन्।

अंग प्रत्यारोपणजस्ता संवेदनशील र जटिल प्रक्रियामा सफल परिणाम प्राप्त हुनुमा प्रविधि, विशेषज्ञता र समन्वित टोलीकार्य मुख्य आधार भएको अस्पताल प्रशासनको भनाइ छ।

अस्पतालका अनुसार निरन्तर सुधार, नवीन प्रविधिको उपयोग तथा विशेषज्ञहरूको समर्पणका कारण किष्ट टिचिङ हस्पिटलले नेपालमा अंग प्रत्यारोपण सेवामा अग्रणी संस्थाको पहिचान स्थापित गरेको छ।

स्वास्थ्य क्षेत्रमा यस्तो उपलब्धिले देशभित्रै जटिल उपचार सम्भव भएको सन्देश दिनुका साथै बिरामी र उनका परिवारलाई नयाँ आशा प्रदान गरेको छ।

अस्पतालले आगामी दिनमा अझ बढी प्रभावकारी र पहुँचयोग्य सेवा विस्तार गर्दै थप जीवन बचाउने लक्ष्य राखेको जनाएको छ।


सम्बन्धित समाचार
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology