प्रधानमन्त्री बालेन नआएपछि हर्क साम्पाङले बहिष्कार गरे संसद् बैठक

प्रधानमन्त्री बालेन नआएपछि हर्क साम्पाङले बहिष्कार गरे संसद् बैठक

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) प्रतिनिधिसभाको बैठकमा उपस्थित नभएको विरोधमा हर्क साम्पाङ ले संसद् बैठक बहिष्कार गरेका छन् ।

  • कुराकानी

  • बुधबार, जेष्ठ १३, २०८३

  • 1
    SHARES
प्रधानमन्त्री बालेन नआएपछि हर्क साम्पाङले बहिष्कार गरे संसद् बैठक

कुराकानी। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) प्रतिनिधिसभाको बैठकमा उपस्थित नभएको विरोधमा हर्क साम्पाङ ले संसद् बैठक बहिष्कार गरेका छन् ।

श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता साम्पाङले आफूहरूले निरन्तर प्रधानमन्त्रीको जवाफ माग्दै आएको भए पनि उपस्थित नभएको भन्दै सभामुखको ध्यानाकर्षण गराएका थिए । यस क्रममा उनले डोल प्रसाद अर्याल सँग आपत्ति जनाएका हुन् ।

सभामुख अर्यालले यस विषयमा हिजो पनि छलफल भइसकेको जानकारी गराएका थिए । तर साम्पाङले प्रधानमन्त्री स्वयं बैठकमा उपस्थित भई जवाफ दिनुपर्ने अडान दोहोर्‍याए । अन्यथा आफूलाई बैठकबाट निकाल्नुपर्ने मागसमेत उनले राखे ।

प्रतिनिधिसभा नियमावलीको नियम १५ को उपनियम (२) अनुसार प्रधानमन्त्री तथा मन्त्रीले प्रतिनिधिसभामा उठेका प्रश्नको सात दिनभित्र जवाफ दिनुपर्ने व्यवस्था रहेको छ । तर उक्त व्यवस्था प्रधानमन्त्रीले पालना नगरेको साम्पाङको भनाइ थियो ।


सम्बन्धित समाचार
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology