फिल्म समीक्षा

सेपमा अटाउन संघर्षरत ममहरु !

सेपमा अटाउन संघर्षरत ममहरु !

यो समाजका डर, दबाब र नियमका कारण आफ्नो भित्री मनलाई किमाजस्तै पिसेर एउटा निश्चित "सेप" मा बस्न बाध्य बनाइएका महिलाहरूको कथा हो। 

  • कुराकानी

  • बुधबार, जेष्ठ २०, २०८३

  • 2
    SHARES

कुराकानी । प्रतिक्षाको घडि सकियो । finally ‘सेप अफ मम ’ नामको फिल्म रिलिज भइसकेको छ । अनि honestly, यो फिल्मले audience लाई गज्जवको feel गराइरहेको छ ।

कतै हाँसो छ , कतै emotion छ, र कतै यस्तो scene छ, जसले फिल्म सकिएपछि पनि अडियन्सको दिमागमा interesting र good vibes छाडिरहन्छ ।

तर समीक्षकको point of view मा ‘सेप अफ मम’ कत्तिको worth it छ त ?

आजको भिडियोमा हामी गर्नेछौं full breakdown — story, acting, emotions र यसले दिने message का बारेमा ।

त्यसैले भिडियोलाई last सम्म हेर्नुहोला । किनकि बीचमै skip गर्नुभयो भने important कुरा miss हुन सक्छ ।

अनि KuraKani360 subscribe गर्नुभएको छैन भने,  Please … Like, comment र share गरेर support गर्न पनि नभुल्नुहोला ।

अब आउनुहोस्…
starting गरौं नेपाली भाषामा बनेको फिल्म ‘सेप अफ मम ’को  review, with Pushpa. 

Okay…  सुरुमा कुरा गरौं यस फिल्मको story कस्तो छ त भन्नेबाट।

Surface मा हेर्दा यो फिल्म तीन पुस्ताका चार महिलाको स्टोरी हो। तर अलि गहिरिएर हेर्दा, यो समाजका डर, दबाब र नियमका कारण आफ्नो भित्री मनलाई किमाजस्तै पिसेर एउटा निश्चित “सेप” मा बस्न बाध्य बनाइएका महिलाहरूको कथा हो। 

बाहिरबाट उनीहरू ममझैँ मिलेको आकारमा देखिन्छन्, तर भित्रभित्रै पितृसत्ताको तातो भाँडोमा बाफिइरहेका छन्। यो फिल्म त्यही बाफ, त्यही दबाब र त्यही नबोलिएको पीडाको कथा हो। जहाँ सर्लक्क मिलेर बनेका ममसँगै एउटा मम भने सेप न ढेपको छ । 

यो फिल्म त्यहि सेप न ढेपको पात्रलाई केन्द्रमा राखेर तयार पारिएको छ, जसलाई बुसान इन्टरनेसनल फिल्म फेस्टिभल र सान सेबेस्टियन फिल्म फेस्टिभलमा वर्ल्ड  प्रिमियर गरिएको थियो। थुप्रै महोत्सवमा प्रदर्शन भई पुरस्कारसमेत जितेको यो फिल्म यतिवेला सिमित शोका साथ काठमाडौंका केहि हलहरुमा चलिरहेको छ ।

चार महिला पात्रमध्ये, घरकी हजुरआमा जो ७० कटिसकेकी छन्, तर उनको भाइब भने पूरा Gen Z छ। आइप्याड त्यो पनि अरुको हैन आफ्नै, हातमा नभएसम्म उनलाई टट्टी समेत आउँदैन । 

आमा भने गाउँ–समाज, आफन्त र सम्बन्धहरू मिलाउनमै व्यस्त छिन्। छोरा नपाउँदा उनको जिन्दगी यतिधेरै अनव्यालेन्स्ड भएको छ कि त्यसैको punishment, उनले अनुहार हँसिलो पार्दै भोगिरहेकी छन् । रातको समयमा घर बाहिर कुकुर भुक्दा समेत उनका मुटू ढक्क फुल्छ अनि सुरक्षाका लागि पुरुषका कपडा साहारा बन्छन् । 

 उता दुई छोरी बिष्णु र जुनु आ–आफ्नै लाइफको प्रेसर बोकेर बाँचिरहेका छन्।

बिष्णु घरकी जेठी छोरी हुन्। उनी चराझैँ खुला आकाशमा उड्न चाहन्छिन्, तर वास्तविकता भने बिरालोको डोरीमा बाँधिएको जीवनजस्तै छ। बिष्णुको इनर भ्वाइसलाई फिल्ममा आजादी नामको बिराली मार्फत देखाउन खोजिएको छ जो पर्दा पछाडी बसेर म्याउ म्याउ गरिरहन्छे तर कसैले त्यतातिर attention दिन जरुरी नै ठान्दैनन् । उनि नै हुन् यस फिल्मकी सेप न ढेपकी मम । 

अर्कोतर्फ कान्छी छोरी जुनु गर्भवती छिन्। श्रीमान् र सासुको दैनिक कचकचबाट केही राहत खोज्दै उनी माइती आएर बसेकी छन्। तर माइती आएपछि पनि उनको तनाव भने सकिएको छैन।  उनि ज्योतिषकहाँ धाइरहन्छिन्, अल्ट्रा साउन्ड गराएर बच्चाको जेन्डर हेर्न खोज्छिन्, इन्टरनेटमा के के लक्षण देखिए छोरा होला भन्ने सुनिबस्छिन् । 

एउटा किताव किन्न समेत सासुको सामुन्ने हात फैलाउन लाचार उनि श्रीमानको बेहोरा देखेर पेटमा भएको बच्चा छोरा भए यि सब भोग्न पर्दैनथ्यो कि भन्ने सोच राख्छिन् । अनि आमा र हजुरआमालाई हेरेर पनि उनि पेटको बच्चा छोरो नै भए हुन्थ्यो भन्ने भावना पोख्छिन् । यो सोच खुशीको होइन, दबाबको उत्पादन हो। किनकि जुनुको दिमागमा मातृत्वको सपना भन्दा बढी समाजले थोपरेको “छोरा हुनुको सुरक्षा” गहिरिएर बसेको छ। 

एउटा कुरा revel गरिहालौं, फिल्मको कथा मैले अगाडी भनेजति नै हो । यसमा कथा छैन तर यतिधेरै कथा छ कि कुरै नगरौं । जसलाई तपाईले हेरेपछि मात्रै थाहा पाउनुहुन्छ । 

काठमाडौंका केही हलले यो फिल्मलाई दिनको एउटा शो मात्रै दिएका छन्। हामीले पनि फिल्म हेर्न टाइम र हल दुवैसँग संघर्ष गर्नुपर्‍यो।

तर एउटा कुरा चाहिँ क्लियर छ “नेपाली फिल्म राम्रो बन्दैन, हेर्नै मन लाग्दैन” भन्ने कमेन्ट Shape of Momo नहेरी गर्नु भनेको फिल्मप्रति मात्र होइन, मेहनतप्रति पनि अन्याय गर्नु हो।

किनकि जब यस्ता फिल्महरू हलमा आइरहेका हुन्छन् र हामी हेर्न जाँदैनौं, अनि नेपालमा राम्रो फिल्म नै बन्दैन भन्नु अलि अनफेयर हुन्छ।

यस्ता सुन्दर, इमानदार र फरक कथा बोकेका फिल्महरूलाई मौका नदिएर नेपाली सिनेमाको स्तरमाथि फैसला सुनाउने अधिकार पनि अलि–अलि गुम्दै जान्छ। आखिर राम्रो फिल्म बन्नु जति जरुरी छ, त्यति नै जरुरी राम्रो फिल्मलाई दर्शकले भेट्नु पनि हो।

अब कुरा गरौँ, फिल्मका पात्र र उनीहरूले निर्वाह गरेको भुमिका बारे ।

यस फिल्मकी सेन्टल क्यारेक्टर हुन् बिष्णु। दिल्लीमा बसेर फेरि गाउँ फर्किएकी बिष्णुको सपना छ, गाउँमै होमस्टे चलाउने र एक्ली आमाको सहारा बन्ने। तर बिष्णु समाजले तयार पारेको “परफेक्ट सेप” मा अट्ने पात्र होइनन्। उनी सेप न ढेपकी पात्र हुन्।

बहिनीको बिहे भइसक्यो, तर उनी अझै अविवाहित छिन्। उनी न आफूलाई समाजले तोकेको ढाँचामा फिट गर्न सक्छिन्, न आफ्नो ढाँचामा अरूलाई फिट गराउन नै। उनको अस्तित्व नै प्रश्न गर्ने खालको छ। यतिसम्म कि, आमाले वर्षौँ लगाएर जोगाइराखेको सम्बन्धको ब्यालेन्स समेत बिष्णु आएपछि हल्लिन थाल्छ।

आमासँग उनको द्वन्द्व छ। बहिनीसँग पनि छ। अन्य काम गर्ने मानिसहरूसँग पनि छ। यहाँसम्म कि घर नजिक टेन्ट टाँगेर बसेका मानिसहरूलाई समेत उनि प्रहरीको भ्यानमा चढाउँछिन्, जसलाई समाज र सरकार दुबैले छाडिदिन्छ । बिष्णु ती कुराहरू देख्छिन्, जसलाई समाजले सामान्य भनेर स्किप गरिदिन्छ। 

समाजले “यस्तो त चलिहाल्छ नि” भन्ने कुरामा उनी समस्या देख्छिन्। समाजले “यस्तै हुनुपर्छ” भनेको कुरालाई उनी चुनौती दिन्छिन्। अनि समाजले “यो गर्नु हुँदैन” भनेको ठाउँतिर उनी झन् एक कदम अगाडि बढ्छिन्।

त्यसैले बिष्णु अरू ममभन्दा फरक छिन्। उनको आकार मिलेको छैन। उनी सेप न ढेपकी मम हुन्। 

फिल्मले बिष्णु पात्रमार्फत भन्न खोजेको छ,  यो समाज ममभित्रको किमा कस्तो छ भनेर खासै चासो राख्दैन। स्वाद कस्तो छ भनेर पनि चाख्दैन। उसलाई चासो हुन्छ त केवल सेपको। अनि त्यही सेप हेरेर मानिसको जज गर्छ, धारणा बनाउँछ र निर्णय सुनाउँछ। 

बिष्णुको संघर्ष वास्तवमा त्यही सेपसँगको संघर्ष हो। 

बिष्णुको मुटुमा करुणा र दयाभाव त डल्लै छ। तर प्रब्लम कहाँ हुन्छ भने, उनको Point of View र समाजको Point of View कहिल्यै म्याच हुँदैन। अनि जहाँ Point of View म्याच हुँदैन, त्यहाँ ड्रामा त चल्ने नै भयो ।

एउटा उदाहरण हेरौँ।

उनकै सुन्तला फर्ममा काम गर्ने एउटा मजदुर परिवार छ। किराले फल बिगारेपछि उनीहरूले भनेजति पैसा तिर्न सक्दैनन्। त्यो परिवारको जेठो छोरा पनि बिष्णुजस्तै सेप न ढेपको क्यारेक्टर हो। अनि यी दुईको कोल्ड वार oh my god नेक्स्ट लेवलको छ ।

बिष्णुको दिमागमा के चलिरहेको हुन्छ भने, “यसले हामीलाई छोरी मान्छे भनेर हल्का लियो, सस्तोमा सुन्तला लगेर झुक्यायो।”

उता त्यो केटाको दिमागमा चैं, “यसले हामीलाई गरिब र मजदुर भनेर तलको मान्छे सम्झियो।” भन्ने हुन्छ ।

फन्नी कुरा के छ भने, दुवैलाई लागिरहेको हुन्छ कि आफूमाथि अन्याय भयो। दुवैलाई लागिरहेको हुन्छ कि अर्कोले आफूलाई गलत बुझ्यो।

त्यसैले यी दुईको केमेस्ट्री “who misunderstood whom harder?” टाइपको छ।

फिल्ममा यी दुईबीच खासै ठूलो झगडा पर्दैन। तर आँखा जुध्दा, एकअर्कालाई हेर्ने तरिका देख्दा, एउटा शब्द नबोलेरै पनि पुरै बहस भइरहेको फिल आउँछ। 

सायद फिल्मको सबैभन्दा इन्ट्रेस्टिङ कुरा पनि यही हो। किनकि वास्तविक जीवनमा पनि धेरैजसो द्वन्द्व खराब मानिसहरूबीच हुँदैन, फरक-फरक Point of View भएका राम्रा मानिसहरूबीच हुन्छ। अनि बिष्णु र त्यो केटाको सम्बन्धले यहि कुरा एकदम रिलेटेबल तरिकाले देखाउँछ।

फिल्ममा एक सानो सीनमार्फत बिष्णुको पुरै mental conflict  देखाइन्छ। प्रेग्नेन्ट बहिनी कुरा गरिरहेकी हुन्छिन्, तर त्यो हेर्दै गर्दा बिष्णुको दिमागले अचानक बहिनीको ठाउँमा आफूलाई इम्याजिन गर्न पुग्छ । र त्यही क्षण उनी निसास्सिन थाल्छिन्, almost collapse हुने अवस्थामा पुग्छिन्। उनि त्यो सेपमा फिट हुन त परको कुरा कल्पना समेत गर्न सक्दिनन् ।

यस क्यारेक्टरलाई कलाकार Gaumaya Gurung ले असाध्यै जीवन्त बनाएकी छन्। उनको अभिनय यति स्वाभाविक र मौलिक लाग्छ कि कतिपय क्षणमा हामी फिल्म हेर्दैछौं भन्ने नै बिर्सिन्छौँ। उनको प्रस्तुतीकरणमा कुनै बनावटीपन छैन, कुनै अनावश्यक ड्रामा छैन। 

अर्की इम्पोर्टेन्ट क्यारेक्टर हुन् आमा  । हरेक सेकेन्ड उनि यही सोचिरहन्छिन्— “मानिसहरूले के भन्छन्?” किनकि उनलाई बस् एकै कुरा चाहिएको छ: समाजमा इज्जतसाथ बाँच्ने।  । 

उनि छोरा पाउन नसक्दा पनि समाजमा लाच पचाएर बाँचेकी पात्र हुन् । perfect family image बचाइराख्न उनले गरेको मेहनतले हामीलाई अहिलेको जमानामा पनि छोरी मान्छे मात्रै भएको घरमा कस्ता डर गडेर बसेको हुन्छ भन्ने देखाउँछ । 

पुरुष बिना समाज कति डरलाग्दो छ ? अनि एकपटक कुनै पुरुषको आवाज सुन्दा या पुरुषले लगाएको कपडा देख्दा मात्रै पनि कसरी महिलाहरु सुरक्षाको अनुभूति गर्न बाध्य छन् । यी सबै यहि आमा पात्रले देखाउन खोजेको छ । उनलाई थाहा छ, उनकी एक छोरी सेप न ढेपकी छे । जो आमाले सन्तुलिन बनाइराखेको समाजमा अटाउन सक्दिन । 

यो क्यारेक्टरलाई कलाकार पशुपति राईले आफ्नो एक्टिङबाट एकदमै लाइफ दिएकी छन्। दुई छोरीकी आमा बनेकी पशुपतिको मेकअप र एक्टिङ् यति नेचुरल छ कि उनि स्कृनमा देखिएजति उमेरकी छैनन् भन्ने नै हामी बिर्सन्छौं। 

बहिनी जूनू समाजले भनेजस्तै पर्फक्ट सेपमा छिन् । तर उनि समाजलाई पर्फेक्ट सेपको देखाउने चक्करमा भित्र भित्रै पिल्सिएकी छिन् । खेलकुद छाडेर बिबाह बन्धनमा बाँधिएकी उनि    कन्फ्युज्ड क्यारेक्टर हुन् । उनको क्यारेक्टरलाई कलाकार श्यामा श्री शेर्पाले जिवन दिएकी छन् । 

यस फिल्ममा अलि धेरै स्क्रिन टाइम पाउने एकमात्र पुरुष पात्र हुन् ज्ञान। आर्किटेक्ट पेशामा रहेको उनी बिष्णुको हुन नसकेको श्रीमान हो।

यो पात्रमार्फत फिल्मले आजका धेरै केटा मानिसहरूको “conflicted mindset” देखाउन खोजेको छ। ऊ बाहिरबाट हेर्दा एकदमै women-friendly जस्तो लाग्छ, तर भित्र कताकता पुरानै पुरुषवादी सोचको सानो हिस्सा बोकेर हिँडिरहेको छ ।

ज्ञान बिष्णुको स्वतन्त्रता मन पराउँछ। उसले नै चुरोट अफर गर्छ, तर फेरि तुरुन्तै भन्छ— “केटीले चुरोट खाएको त्यति सुहाउँदैन।” अनि अर्को क्षणमै बिष्णुले चुरोट खाँदा पनि उसले accept गर्छ, किनकि ऊ बदलिँदै गएको जेनरेशनको सोच बोकेको मान्छे पनि हो।

फोटो खिच्दा पनि त्यस्तै कन्फ्युजन देखिन्छ— “यो पोज अलि केटीको जस्तो भयो है” भन्छ, तर फेरि त्यही पोजमै फोटो खिच्छ,र खुशि पनि हुन्छ ।

उ भन्छ ममको सेप जस्तो भए पनि स्वाद नै असली कुरा हो।” तर अर्को साइडमा आमाले बनाएको perfect shape को ममबारे पनि कुरा ओकलिहाल्छ । 

ज्ञान basically त्यस्तो मान्छे हो जो बदलिँदै छ, तर पूरै बदलिइसकेको छैन। ऊ पुरानो सोच र नयाँ सोचबीच अड्किएको एक गतिलो example हो जसले अहिलेको युवाहरुको प्रतिनिधित्व गर्छ । 

यस क्यारेक्टरलाई राहुल मुखियाले पर्दामा उतारेका छन् । उनको अभिनय यतिधेरै नेचुरल लाग्छ कि हामीजस्ता यहि समाजका उपज पुरुषबादी सोच भएका दर्शकलाई यो क्रारेक्टरप्रति सिम्प्याथी नै बढेर आउँछ । 

फिल्मका अन्य कलाकारहरु सबैको acting निकै natural लाग्छ । कसैले पनि character force गरेको feel हुँदैन । सबै आफ्नो world मै बाँचिरहेका मान्छे जस्ता लाग्छन् ।

यदि फिल्म हेरिसक्नुभएको हो भने तपाईलाई चाहिँ सबैभन्दा गज्जब acting कसको लाग्यो? Comment मा drop गरिहाल्नु होला है ।

फिल्मको ब्याकग्राउन्ड म्युजिक, कलर टोन सबैले इमोसन फिल गर्न मद्दत गर्छ । धेरै कुरा नबोलेरै दृष्य मार्फत देखाउन खोजेको छ । उदाहरणका लागि एक महिला जो आफ्नै घरको छतमा दौडिरहेकी हुन्छिन् । तर बिस्तारै ति महिला पात्र बाटोमा आएर दौडिन्छन् । घरको चौकोस काटेर बाहिर निस्कन ति महिलाले गर्नपरेको मानसिक संघर्ष यहि साना दृष्यहरुले समेत देखाउँछ ।

यसको डिबेटेबल पार्ट चाहिँ Shape of Momo लाई नेपाली फिल्म भन्ने कि नभन्ने भन्ने हो। किनभने यो नेपाली भाषामा बनेको फिल्म त हो, तर यसको सेटिङ, समाज, परिवेश र सांस्कृतिक सन्दर्भ भने भारतको सिक्किमसँग जोडिएको छ। फिल्मले त्यहाँको समाज र संस्कारलाई महिलाबादी दृष्टिकोणबाट कथा भन्छ।

त्यसैले कसैले यसलाई “सिक्किमेली फिल्म” भन्न सक्छन्, कसैले “नेपाली भाषाको फिल्म”। यो बहस स्वाभाविक पनि हो।

तर हाम्रो बुझाइमा कला पासपोर्ट, बोर्डर र नक्सामा सीमित हुँदैन। कथा जहाँको भए पनि, भाषा जुनसुकै ठाउँमा बोलिएको भए पनि, यदि त्यसले मानिसको अनुभव र भावनालाई छुन्छ भने त्यो कला आफ्नो सिमाना आफैं पार गरिसकेको हुन्छ।

त्यसैले Shape of Momo लाई कुन देशको फिल्म भन्नेभन्दा पनि, यसले के कथा भन्यो र कति इमानदार तरिकाले भन्यो भन्ने कुरा बढी महत्त्वपूर्ण लाग्छ। आखिर राम्रो सिनेमाको नागरिकता भन्दा पनि त्यसको प्रभाव ठूलो हुन्छ।

अर्को समीक्षामा फेरि भेटौंला ! video मन परे like गर्नुस् अनि  subscribe गरेपछि वेल आइकन बजाउन नविर्सनुहोला। हाम्रा कामहरुको फिडव्याक त पक्कै दिनुहुन्छ नै । हैन त ? 

 


सम्बन्धित समाचार
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology