कुराकानी। काठमाडौंको मनमैजु र टोखा क्षेत्रबाट हात्तीको दाह्रासहित प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते राष्ट्रपति कार्यालयबाट चोरी भएका दाह्रा बरामद भएको स्रोतले जनाएको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार राजीव महर्जनको सूचनाका आधारमा छापा मार्दा उनको घर नजिक गाडेर राखिएको २ वटा हात्तीको दाह्रा र १५० क्याप्सुल Tramadol बरामद भएको हो। अनुसन्धानका क्रममा सन्तबहादुर भुजेलको कोठाबाट थप २ वटा हात्तीको दाह्रा फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ परेकामाथि लागुऔषध नियन्त्रण ऐन २०३३ र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार अनुसन्धान तथा कारबाही भइरहेको छ।