परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा

परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा

  • कुराकानी

  • बिहिबार, जेष्ठ २१, २०८३

  • 2
    SHARES
परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा

कुराकानी। नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल भोलि (जेठ २२) बाट तीन दिने औपचारिक भ्रमणका लागि भारत प्रस्थान गर्ने भएका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार नयाँ दिल्ली मा हुने यो भ्रमण भारतीय विदेशमन्त्री डा. एस. जयशङ्कर को सौहार्दपूर्ण निमन्त्रणामा आयोजना गरिएको हो ।

भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले आफ्ना भारतीय समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्दै नेपाल–भारत सम्बन्धका विविध पक्षमा छलफल गर्ने कार्यक्रम छ ।

वार्तामा व्यापार र लगानी, कनेक्टिभिटी, ऊर्जा सहकार्य तथा जनता–जनताबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विषय केन्द्रमा रहने मन्त्रालयले जनाएको छ ।


सम्बन्धित समाचार
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology