कुराकानी। सर्लाहीको बलरा–६ मिर्जापुरमा ट्याक्टरको ठक्करबाट ५ वर्षीया बालिकाको मृत्यु भएको छ। यस्तै, धनुषामा ठक्कर दिने सवारी चालकलाई पक्राउ गर्न माग गर्दै स्थानीयले सडक अवरुद्ध गरेका छन्।
सर्लाहीमा भएको घटनामा चालक फरार रहेका छन् भने स्थानीयले दोषी पक्राउ र क्षतिपूर्तिको माग गरेका छन्। अर्कोतर्फ धनुषामा भएको दुर्घटनापछि आक्रोशित स्थानीयले प्रदर्शनसहित सडक बन्द गरेका हुन्।
प्रहरीले दुवै घटनाको अनुसन्धान अघि बढाएको जनाएको छ।