कुराकानी। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संसद्को समसामयिक राजनीतिक विषयमा छलफल गराउन आज बिहान ९ बजे सिंहदरबारस्थित संघीय संसद सचिवालयअन्तर्गत सार्वजनिक लेखा समितिको हलमा सर्वदलीय बैठक बोलाएका थिए।
तर, यस बैठकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा उपस्थित नहुने भएको छ। कांग्रेस पार्टीबाट संसदीय दलका नेता भीष्मराज आङ्दम्बे र सांसद फिरदोश आलम मात्रै सहभागी हुने जानकारी आएको छ।
बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुख र प्रतिनिधिलाई आमन्त्रित गरिएको थियो, तर गगन थापाले आफ्नो प्रत्यक्ष सहभागिता नगर्ने निर्णय गरेका छन्।