कुराकानी। युवा, रोजगार तथा रोजगार अवस्थाका मन्त्री रामजी यादव ले जेनेभा, स्विजरल्याण्डमा आयोजित ११४औँ अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) सम्मेलन मा आगामी १० वर्षलाई ‘घरेलु रोजगार प्रवर्द्धन दशक’ का रूपमा मनाउने घोषणा गरेको बताएका छन् ।
उनका अनुसार सरकारले नेपाली युवालाई घरैभित्र रोजगारी सिर्जना गर्ने दीर्घकालीन योजना तयार पारेको छ, जसअन्तर्गत केवल नारा मात्र नभई उत्पादक तथा समावेशी श्रम बजार निर्माण गर्ने लक्ष्य राखिएको छ ।
विश्वव्यापी श्रम बजारमा प्रविधि परिवर्तन, कृत्रिम बुद्धिमत्ता (AI), जलवायु परिवर्तन र श्रम संरचनाका चुनौतीहरू थपिएका भन्दै मन्त्री यादवले यदि योजना बनाइनन भने यसले असमानता तथा सीप अन्तराल बढ्न सक्ने चिन्ता व्यक्त गरे ।
सरकारले डिजिटल अर्थतन्त्र, स्व-रोजगारी, र AI इन्फ्रास्ट्रक्चरमा लगानी गर्दै युवालाई रोजगारी तिर उन्मुख गर्ने बताए । साथै रिमोट काम, डेटा गोप्यता तथा व्यवसाय सुरक्षा सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड आवश्यक रहेको पनि उनले औँल्याए ।
यादवले नेपालको इतिहासमा पहिलो पटक ‘नेशनल केयर इकनॉमी पॉलिसी’ तयार गर्ने योजना रहेको जानकारी दिए र श्रम क्षेत्रलाई व्यवस्थित बनाउन ‘लेबर इन्सपेक्सन कनभेन्शन १९४७’ र ‘फोर्स्ड लेबर कनभेन्शन १९३०’ को संशोधन संविधान संसदमा पठाइएको बताए ।
मन्त्रीले माइग्रेन्ट कामदारलाई शोषण तथा जबर्जस्ती श्रमप्रतिको ‘शून्य सहिष्णुता नीति’ सरकारको प्राथमिकता भएको पनि बताए ।