कुराकानी। मंगलबार अपराह्न आएको वर्षासहितको तिब्र हुरीका कारण बिनयी त्रिवेणी गाउँपालिका–१ सिसेनी क्षेत्रमा १७ वटा घर र दुई वटा गोठमा क्षति पुगेको छ।
नवलपुर जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार, हावाहुरीका कारण धेरै घरका टिनका छाना उडेको, केही घरमा रूखका हाँगा खसेको र केही कच्ची घरका पर्खाल चर्किएको वा ब्लक भत्किएको बताइएको छ।
क्षतिको सूचीमा भोजबहादुर खनगाहा, मोतिराम खाती, धनिसरा सोमै मगर, पार्वती विक, रुपा विक, शेरबहादुर दराई, दीपेन्द्र ढेङ्गा, कान्छा कुमाल, गुनबहादुर दराई, नरबहादुर विक र ओमबहादुर कुमाल का घर परेका छन् भने मनबहादुर राना र केमबहादुर विकका गोठमा पनि क्षति पुगेको छ।
प्रहरीले भनेका छन् कि हल्का क्षति परेको भए पनि कुनै मानवीय तथा पशुचौपायामा घातक असर छैन र कुनै परिवार विस्थापित पनि भएको छैन।