बीपी राजमार्गको बुच्चाकोटमा यात्रुवाहक बस दुर्घटना, ७ जनाको मृत्यु

बीपी राजमार्गको बुच्चाकोटमा यात्रुवाहक बस दुर्घटना, ७ जनाको मृत्यु

बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोक हुँदै सुँगुरेतर्फ जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको बस नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा दुर्घटनामा परेको हो।

  • कुराकानी

  • शुक्रबार, जेष्ठ २९, २०८३

  • 1
    SHARES
बीपी राजमार्गको बुच्चाकोटमा यात्रुवाहक बस दुर्घटना, ७ जनाको मृत्यु

कुराकानी। बीपी राजमार्ग अन्तर्गत काभ्रेको बुच्चाकोटमा यात्रुवाहक बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ।

काभ्रेका डीएसपी रविन बिष्टका अनुसार दुर्घटनामा परी १५ जना घाइते भएका छन्। घाइतेहरूको उद्धार गरी विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको उनले जानकारी दिए।

बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोक हुँदै सुँगुरेतर्फ जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको बस नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा दुर्घटनामा परेको हो।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology