कुराकानी। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका तीन मुख्य निर्णय सार्वजनिक गरिएको छ।
मुख्य निर्णयअनुसार संविधान संशोधनका विषयमा बहसपत्र तयार गर्न गठन गरिएको कार्यदलको म्याद असार मसान्तसम्म थप गरिएको छ। प्रधानमन्त्री वालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार असिम शाह को नेतृत्वमा रहेको कार्यदलको म्याद एक महिना थप गर्ने निर्णय सरकारले गरेको हो।

यस्तै, सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को २०५२ बुँदे प्रतिवेदन कार्यान्वयन गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र ‘संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय’ लाई निर्देशन दिने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।
त्यसैगरी, अर्को निर्णयअनुसार लेखामान बोर्डको अध्यक्ष पदमा सिन्धुपाल्चोकका रमेशकुमार धिताल लाई मनोनयन गर्ने निर्णय भएको छ।