कुरौटे

ड्राइभर सीटमा बसेपछि स्टेरिङ घुमाउन ट्रेनिङ!

ड्राइभर सीटमा बसेपछि स्टेरिङ घुमाउन ट्रेनिङ!

  • कुराकानी

  • शनिबार, जेष्ठ ३०, २०८३

  • 10
    SHARES
ड्राइभर सीटमा बसेपछि स्टेरिङ घुमाउन ट्रेनिङ!

कुराकानी । अब गरेर देखाउँछु भन्दै सानो बच्चा काखमा बोकेर विजयजुलुस मनाउँदै हिँडेकी रञ्जु दर्शनाले चुनाव जित्दा धेरै नेपालीले ताली बजाए।

काठमाडौं–१ का बलिया चुनावी खेलाडीलाई हराएरपछि उनले पनि जोसमा भनिन् रियल फाइट त अब सुरु भयो।

जनतालाई पनि लाग्यो—लौ, अब त केही न केहि हुन्छै हन्छ ! समानुपातिकको सुरक्षित बाटो छाडेर गर्भावस्थामै समेत घरघर पुगेर भोट मागेकी नेतृ, पक्कै पनि तयारी गरेरै आएकी होलिन्।

तर कुरा अलिक फरक दिशातिर मोडियो जव उनी रोष्ट्रममा उभिइन् र भनिन्—हामी नयाँ सांसद हौँ, सिक्नका लागि तालिम चाहियो र त्यसका लागि बजेट छुट्याइयोस् ।

ए… एकछिन है!

भोट माग्दा त “हामी गर्छौँ, देखाउँछौँ” भनिएको थियो। हामी तयार खेलाडी हौँ, मैदानमा छिर्न मात्रै देऊ, सिधै गोल हान्छौँ भनेजस्ता उर्जा देखिन्थे ।
तर मैदानमा पसेपछि भने पहिला अफसाइड के हो सिकाइदिनुस् न! भनेजस्तो लाग्यो ।

अहिले विश्वकपको माहोल छ। अब मेस्सी र रोनाल्डोको ठाउँमा आएका नयाँ खेलाडी मैदानमा छिरेपछि रेफ्रीलाई गएर, “सर, यो फुटबलमा हातले छोइन्छ कि खुट्टाले हानिन्छ?” भन्न थाले भने दर्शकले टिभी फुटाउने कि नफुटाउने?

पहिले स्टेरिङ समात्ने, ड्राइभरको सीट कब्जा गर्ने, अनि बाटोमा निस्किएपछि “मलाई गियर हाल्न सिकाइदिनुस् त” भन्ने। अझै ड्राइभिङ् सिक्न बजेट छुट्याइयोस् सभामुख महोदय भन्ने गरियो भने ज्यान त फोकटमै तपाइहरुको ट्रायलले लैजान्छ त ।

संसद कुनै इन्टर्नशिप गर्ने ठाउँ होइन। त्यहाँ पुग्नेहरूले देश चलाउने नीति बनाउनुपर्ने हुन्छ। जनताले त परीक्षा लिएर पास गराएर पठाएका हुन्, अब फेरि सांसदहरूले नै “हामीलाई कोचिङ क्लास चाहियो” भन्न थालेपछि जनता अलमलमा पर्ने नै भए।

त्यसैले प्रश्न उठ्छ—सिक्ने इच्छा राम्रो हो, तर संसद सिक्ने ठाउँ हो कि सिकेर जाने ठाउँ?


सम्बन्धित समाचार
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology