एमबाप्पे–डेम्बेलेले पुर्‍याए फ्रान्सलाई सेमिफाइनलमा

एमबाप्पे–डेम्बेलेले पुर्‍याए फ्रान्सलाई सेमिफाइनलमा

यो जितसँगै फ्रान्स लगातार तेस्रो विश्वकपमा सेमिफाइनल पुगेको छ।

  • कुराकानी

  • शुक्रबार, असार २६, २०८३

  • 2
    SHARES
एमबाप्पे–डेम्बेलेले पुर्‍याए फ्रान्सलाई सेमिफाइनलमा

कुराकानी। एमबाप्पे र डेम्बेले चम्किँदा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। मोरक्कोलाई २–० ले हराउँदै फ्रान्सले लगातार तेस्रो पटक अन्तिम चारमा स्थान बनाएको हो।

बोस्टनमा शुक्रबार बिहान भएको क्वाटरफाइनलको पहिलो हाफमा मोरक्कोले फ्रान्सलाई कडा चुनौती दियो। गोलरक्षक यासिन बोनोले एमबाप्पेको पेनाल्टीसहित केही उत्कृष्ट बचाउ गरेपछि पहिलो ४५ मिनेट गोलरहित बराबरीमा सकियो।

तर दोस्रो हाफमा खेलको तस्वीर फेरियो। ६०औँ मिनेटमा डिजायर डुएको पासलाई एमबाप्पेले गोलमा परिणत गर्दै फ्रान्सलाई अग्रता दिलाए। त्यसको छ मिनेटपछि एमबाप्पेकै पासमा डेम्बेलेले अर्को गोल थपे र फ्रान्सको जित लगभग निश्चित बनाए।

मोरक्कोले खेलमा फर्कने प्रयास गरे पनि फ्रान्सको बलियो रक्षापंक्ति र लयबद्ध खेलका अगाडि सफल हुन सकेन। पहिलो हाफमा उत्कृष्ट देखिएको मोरक्को दोस्रो हाफमा भने फ्रान्सको आक्रमण थेग्न सकेन।

यो जितसँगै फ्रान्स लगातार तेस्रो विश्वकपमा सेमिफाइनल पुगेको छ। अब फाइनल पुग्न उसले स्पेन र बेल्जियमबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

उता, एमबाप्पेले यस विश्वकपमा आफ्नो गोल संख्या आठ पुर्‍याएका छन्। एक गोल र एक असिस्टसहित उनले फेरि एकपटक फ्रान्सको जितका मुख्य नायक बने।


सम्बन्धित समाचार
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology