गणेशको निधनपछि अशिका बोलिन् : ‘राज्यले युवाको पीडा बुझोस्’

गणेशको निधनपछि अशिका बोलिन् : ‘राज्यले युवाको पीडा बुझोस्’

मुगुका २५ वर्षीय गणेश नेपालीले आफ्ना माग सम्बोधन नभएको भन्दै राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका थिए।

  • कुराकानी

  • शुक्रबार, असार २६, २०८३

  • 1
    SHARES
गणेशको निधनपछि अशिका बोलिन् : ‘राज्यले युवाको पीडा बुझोस्’

कुराकानी। राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएपछि सामाजिक तथा राजनीतिक वृत्तमा बहस चर्किएको छ।

गणेशको निधनप्रति दुःख व्यक्त गर्दै अशिका तामाङले राज्यले युवाका समस्या बुझ्नुपर्ने बताएकी छन्। उनले युवालाई निराशा र पीडातर्फ धकेल्ने अवस्था अन्त्य गर्नुपर्ने धारणा राख्दै राज्यबाट अनावश्यक दुःख नदिइयोस् भनेकी हुन्।

मुगुका २५ वर्षीय गणेश नेपालीले आफ्ना माग सम्बोधन नभएको भन्दै राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका थिए। गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको हो।

गणेशको न्यायको माग गर्दै मुगुवासीहरूले काठमाडौंमा प्रदर्शनसमेत गरेका छन्। घटनाले राज्यको सेवा प्रवाह र युवाको असन्तुष्टिबारे फेरि प्रश्न उठाएको छ।


सम्बन्धित समाचार
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology