शेरबहादुर देउवा शुक्रबार स्वदेश फर्किने

शेरबहादुर देउवा शुक्रबार स्वदेश फर्किने

चिकित्सा उपचारका लागि केही समयदेखि हङकङमा रहेका देउवा शुक्रबार काठमाडौं आइपुग्ने उनको सचिवालयले जनाएको छ।

  • कुराकानी

  • बिहिबार, साउन २१, २०८३

  • 0
    SHARES
शेरबहादुर देउवा शुक्रबार स्वदेश फर्किने

कुराकानी। नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार स्वदेश फर्किने भएका छन्।

चिकित्सा उपचारका लागि केही समयदेखि हङकङमा रहेका देउवा शुक्रबार काठमाडौं आइपुग्ने उनको सचिवालयले जनाएको छ। यसअघि देउवाले सामाजिक सञ्जालमार्फत आफू छिट्टै स्वदेश फर्किने जानकारी दिएका थिए।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धानका क्रममा विदेशमा रहेका देउवा र उनकी पत्नी डा. आरजु राणा देउवाले विभागलाई पत्र पठाएर स्वदेश फर्किएपछि अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए। उनीहरूले आफू अनुसन्धानबाट भाग्न नखोजेको र उपचारका कारण विदेशमा बस्नुपरेको उल्लेख गरेका थिए।

देउवा स्वदेश फर्किएसँगै पछिल्ला राजनीतिक घटनाक्रम, कांग्रेसको आन्तरिक गतिविधि तथा आफूविरुद्ध भइरहेको अनुसन्धानबारे उनको धारणा सार्वजनिक हुने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology