कोशी सरकारमा नेकपा, चार मन्त्री छानिँदै

कोशी सरकारमा नेकपा, चार मन्त्री छानिँदै

नेकपा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोका अनुसार आजै मन्त्रीहरूको नाम टुंगो लगाउने तयारी छ।

  • कुराकानी

  • सोमवार, भदौ १, २०८३

  • 0
    SHARES
कोशी सरकारमा नेकपा, चार मन्त्री छानिँदै

कुराकानी। नेकपा आज कोशी प्रदेश सरकारमा सहभागी हुने भएको छ। नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच साउन पहिलो साता भएको तीनबुँदे सहमतिअनुसार नेकपा प्रदेश सरकारमा सहभागी हुन लागेको हो।

९ सदस्यीय मन्त्रिपरिषद्मा नेकपाले चार मन्त्रालय पाउने सहमति भएको छ। मुख्यमन्त्रीसहित पाँच मन्त्रालय एमालेको भागमा रहनेछन्। यसअघि सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले गठबन्धनबाट बाहिरिने पार्टी निर्णयअनुसार राजीनामा दिएपछि मन्त्रिपरिषद् पुनर्गठनको बाटो खुलेको हो।

चार मन्त्रीका लागि नेकपाभित्र आकांक्षीको संख्या धेरै भएपछि नाम टुंग्याउन नेताहरूबीच छलफल भइरहेको छ। पार्टीका १७ प्रदेशसभा सदस्यमध्ये अधिकांशले मन्त्री बन्न इच्छा देखाएका कारण नयाँ र यसअघि मन्त्री भइसकेका नेताबीच प्रतिस्पर्धा देखिएको छ।

नेकपा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोका अनुसार आजै मन्त्रीहरूको नाम टुंगो लगाउने तयारी छ। नाम तय भएपछि दिउँसो ३ बजेपछि शपथ गराउने तयारी गरिएको छ।

मन्त्रीका सम्भावित नाममा पूर्वसभामुख बाबुराम गौतम, पूर्वमन्त्री जीवन आचार्य, दुर्गाप्रसाद चापागाईं र गणेश उप्रेतीलगायत नेताहरूको चर्चा छ। यद्यपि अन्तिम निर्णय पार्टीको आन्तरिक छलफलपछि मात्रै हुने बताइएको छ।

एमाले र नेकपाबीच भएको सहमतिपछि कोशीमा नयाँ सत्ता समीकरण बनेको हो। कांग्रेस सरकारबाट बाहिरिएसँगै नेकपाको प्रवेशले प्रदेश मन्त्रिपरिषद् पुनर्गठन हुन लागेको हो।


सम्बन्धित समाचार
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology