साहित्य

फिल्मको सेटमा पहिले पुरुष मात्रै, अहिले महिला धेरै

फिल्मको सेटमा पहिले पुरुष मात्रै, अहिले महिला धेरै

भारतकी चर्चिक कलाकार दिव्या दत्तले सिताको परिक्षाः साउथ एसियामा महिलाको चुनौती शिर्षकको अन्तक्रियामा बारेमा कलिंग साहित्य महोत्सवमा बोलेका कुराहरुको सम्पादित अंशः

  • दिव्या दत्त

  • शुक्रबार, भदौ १५, २०८०

  • 404
    SHARES
फिल्मको सेटमा पहिले पुरुष मात्रै, अहिले महिला धेरै
काठमाडौं कलिंग साहित्य महोत्सवमा आफ्नो धारणा राख्दै दिव्या दत्त

कुरौटेपाटी । सबैभन्दा पहिले यो महोत्सवले मलाई यतिधेरै माया दिएकोमा धेरै धन्यवाद । यहाँको भाषा एकदमै सुन्दर ढंगले बुझिरहेकी छु, घरमा आएको जस्तो लागिरहेको छ । हामी सबैले बाल्यकादेखि नै सितालाई सुन्दै आएको हौं । हाम्रो दिमागको कुनै रुपमा कुनै कुनामा सिता गढेर बसेकी छन् । त्यो चाहे फिल्ममा हो या साहित्यमा या अन्य क्षेत्रमा ।

म कलाकार भएकाले फिल्मको कुरा गर्छु । हरेक फिल्ममा सिताका सुन्दर पक्षहरुको बारेमा लेखिएको, बोलिएको छ, देखाइएको छ । हाम्रो ब्यक्तिगत जिन्दगीमा पनि यहि पात्रहरु आइपुगेका छन् । त्यसैले सिता हामी नै हो भन्दा फरक नपर्ला ।

फाइल फोटो

आर्शिवादमा समेत राम र सिताको जोडी आउँछन् । बिबाह देखि बनबास सम्म सिताले श्रीमानलाई दिएको साथ र एक्लै बच्चालाई हुर्काउँदाको कथालाई हामीले आफुमा देख्छौं । तर यो यात्रा सजिलो भने छैन ।

महिला सशक्तिकरणका बारेमा भारतमा धेरै फिल्महरु बन्न थालेका छन् । ओटीटी प्ल्याटफर्मलाई म धन्यवाद दिन चाहन्छु । पहिले महिला कि हिरोइन थि, कि माँ । तर ओटीटीका कारण अहिले महिलाले थरीथरीका प्रयोग गर्न पाएका छन् । दर्शक पनि यसका लागि तयार छन् । समाज कहिँ न कहिँ परिवर्तन भइरहेको छ ।

त्यो समय थियो, जहाँ हरेक सम्बन्धमा धैर्यता हुन्थ्यो । जे जस्ता समस्या आएपनि आफ्नो श्रीमानको साथ छाड्न हुँदैन भन्ने थियो । तर अहिले पहिलेका जस्ता कुरा नभएपनि हामी त्यो सम्बन्धका बारेमा कुरा गछौं । राम, लक्ष्मण र हनुमानसँग सिताको सम्बन्ध अहिलेसम्म पनि चर्चामा हुनु सामान्य कुरा हैन ।

अहिले कोहि मानिस रामको चरित्रजस्तो देखिन्छ भने हाम्रा लागि उ हिरो हो । कोहि मानिस सिताको चरित्रजस्तो देखिन्छ भने उनि हाम्रा लागि हिरोइन हुन् । जो महिलाको चरित्र बलियो छ, जतिधेरै समस्या आएपनि उ बलियोसँग उभिएको छ, मेरा लागि सिता उनि नै हुन् ।

सिता मेरो बाल्यकालको यादमाा पनि छिन् । स्कुलमा हुने नाटकका लागि सिता छनौट गरिन्थ्यो । कक्षाभरबाट एक केटी सिता बन्थिन् । सबै केटी साथीहरु उत्साहित हुन्थे । उनिहरु आफ्नो बेष्ट दिन्थे ।

मैले पनि सिता बन्ने राम्रो कोशिस गरें त्यो समयमा । तर त्यो भुमिका मिलेन । मनमा भने सधैं यो चरित्र गढेर बसिरहेको छ । कोभिड १९ पछि मानिसहरु आफ्नो माइथोलोजीमा जान थालेका छन् । अहिले मैले ४ ओटा फिल्म साइन गरेकी छु, जसमा तीन ओटा फिल्म त पिरियोडिक मात्रै छ । मानिसहरु प्रविधि छाडेर पुराना कुराहरुमा रमाउन थालेका छन् ।

अब मलाई कसैले सिताको भुमिका दिन्छ भने म बच्चा बेलादेखि सुन्दै आएको सितालाई नै ध्यानमा राख्छु होला ।
महिलाहरुमा एउटा सुन्दर क्षमता हुन्छ । जस्तो सुकै चुनौती स्विकार गरेर त्यसैसँग लड्ने जित्ने । हाम्रा हजुरआमाहरुको कथामा सुनेका उनै बहादुर सिता नै मेरो पात्र बन्न सक्लान् ।

त्यस्तै किताव लेख्ने महिला लेखकहरु आइरहेका छन् । मेरो सधैंको प्रिय लेखक अमृता प्रितम हो । उनको कबिता होस्, या अन्य साहित्य पढ्दा सबै पुरुषहरुलाई काउन्टर दिइरहेको जस्तो लाग्छ ।

जब मैले फिल्म सुरु गरेकी थिएँ, ९० को दशकतिर । जता, जुनसुकै क्षेत्रमा पनि घरबाट निस्केर काम गर्नेमा पुरुष मात्रै हुन्थे । मेल क्यामरामेन, मेल डिरेक्टर, हिरो, भिलेनदेखि पर्दा पछाडीमा प्राविधिकहरु सबै पुरुषहरु मात्रै । तर खै कसरी, मैले यादै नगरेर अहिले सेटमा महिलाहरु देखिन्छन् । डिओपी पनि महिला, ड्रेस डिजाइनर महिला, मेकअप आर्टिष्ट महिला, सेट डिजाइनर महिला, एसिस्टेन्ट डिरेक्टर, डिरेक्टर महिला । एक दुइवटा केटा उभ्भिरहेका हुन्छन् । हामीले खोजेको समानता हो । जय सिया राम हो । सिया मात्रै हैन । यहाँ पनि केहि गढबढ भइरहेको हो कि भन्ने लाग्छ ।

केहि समय लाग्न सक्छ, बिस्तारै सबै ठिक हुन्छ ।


सम्बन्धित समाचार
       © 2022 - 2024 to Kurakanee ,  All Rights Reserved.  Crafted by Bitcraft Technology