सकियो चित्राको छायांकन, रोटी फुलौरा खाँदै फिल्म हेर्न पाइने

सकियो चित्राको छायांकन, रोटी फुलौरा खाँदै फिल्म हेर्न पाइने

  • कुरौटेपाटी

  • बुधबार, कार्तिक १, २०८०

  • 357
    SHARES
सकियो चित्राको छायांकन, रोटी फुलौरा खाँदै फिल्म हेर्न पाइने

फिल्म चित्राको छायांकन ३० दिनमा सकिएको छ । अब पोष्ट प्रोडक्सनको काम बाँकी छ ।

सन्तोष अधिकारी फिल्मसको ब्यानर एबम् अस्याप इन्टरटेनमेन्ट नेपाल र अस्ट्रेलियाको निर्माणमा तयार भएको फिल्मको छायांकन एक महिनामै सकिएको हो । छायांकन सकिए लगत्तै फिल्मको प्रदर्शन मिति पनि तय गरिएको छ ।

चित्रा फिल्मलाई तातो-तातो रोटी फुलौरा खाँदै हलमा हेर्न सकिने भएको छ । किनभने यो माघे सङ्क्रान्तिको छेको पारेर प्रर्दशनमा आउँदैछ । फिल्म पुषको २७ गतेबाट नेपाल र अष्ट्रेलीयामा रिलिज गरिने फिल्मका निर्माता तथा कलाकार सन्तोष अधिकारीले जानकारी दिए ।

फिल्मको निर्देशन घनश्याम लामिछानेले गरेका हुन् । निर्देशक लामिछानेका अनुसार फिल्मले बाबु र छोरीको कथालाई सूक्ष्म रुपमा उठान गरेको छ ।

यो फिल्ममा सन्तोष अधिकारी, मेनुका प्रधान, शुभेच्छा खड्का, अर्पण थापा, प्रमोद अग्रहरी, अन्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्जवल ढकाल, दीपेश गजुरेल र प्रकाश घिमिरेको अभिनय छ ।

आशिष थापा मगर निर्माता र सन्तोष अधिकारी कार्यकारी निर्माता रहेको ‘चित्रा’ मा अजय अधिकारीको कथा, मनिष गौतमको पटकथा समावेश छ । तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको फिल्ममा प्रवीण सिंहको नृत्य, सम्राट बस्नेतको एक्सन, महेश पौडेलको छायांकन छ ।

फिल्ममा प्रोडक्सन हेडमा प्रतिमा थापा, लाइन प्रोड्यूसरमा कृष्ण बहादुर थापा, कला निर्देशकमा डुक राज घिमिरे, मेकअपमा सोनाली शिल्पकार, निर्माण नियन्त्रकमा तेज विक्रम केसी र अनलाइन सम्पादनमा सन्देश शाहले काम गरेका छन् ।

फिल्ममा राजन राज सिवाकोटीको गीत संगीत छ । केदार पराजुली ९श्री कृष्ण फिल्मस्०ले यो फिल्मको नेपाल भरको वितरणको जिम्मा लिएका छन् । फिल्मको अष्ट्रेलीया अधिकार अविनाश रोका मगरले लिई सकेका छन् ।

निर्माता अधिकारीको ‘डलर एयुडी’ नामक फिल्मको छायांकन तिहार पछि सुरु हुनेछ । ‘घर’ र ‘आमा’ फिल्मका सह–निर्माता समेत रहेका सन्तोष अधिकारीले निर्माण गरेको फिल्म ‘तीन जन्तु’ प्रदर्शनको तयारीमा छ ।


सम्बन्धित समाचार
       © 2022 - 2024 to Kurakanee ,  All Rights Reserved.  Crafted by Bitcraft Technology