पधेरो

अभिनेत्री निशा लेख्छिन्, ‘अरूकाे जुत्ता नलाएसम्म पिडाकाे हेक्का हुँदैन’

अभिनेत्री निशा लेख्छिन्, ‘अरूकाे जुत्ता नलाएसम्म पिडाकाे हेक्का हुँदैन’

अधिकारीले आफ्ना पति पूर्व क्रिकेटर शरद भेषवाकरसँग सम्बन्धविच्छेद नगरी एक तिहाइ सम्पत्ति अंश पाउने जिल्ला अदालतकाे फैसला

  • कुराकानी

  • मङ्लबार, फाल्गुन १५, २०८०

  • 1.2K
    SHARES
अभिनेत्री निशा लेख्छिन्, ‘अरूकाे जुत्ता नलाएसम्म पिडाकाे हेक्का  हुँदैन’

अभिनेत्री निशा अधिकारीले आफ्ना पति पूर्व क्रिकेटर शरद भेषवाकरसँग सम्बन्धविच्छेद नगरी एक तिहाइ सम्पत्ति अंश पाउने फैसलापछि अएका नकारात्मक टिप्पणीको जवाफ दिएकी छन् ।

उनले सामाजिक सञ्जालमा लामाे स्ट्याटस लेख्दै सन्तानका लागि यस्तो कदम चाल्नुपरेको बताएकी हुन् ।

उनले यो मुद्दा बाहिर आएदेखि बिभिन्न टिका टिप्पणी र गाली पनि खादै आएको हुँदा, स्टयाटस लेख्नुपरेको प्रष्ट्याएकी छन् ।

बुँदागत रूपमा उनि लेख्छिन्,  कानूनमा आमा र बुवा दुइटैको सबै कुरा भाग लाग्ने व्यवस्था छ, मैले किन कनूनी उपचार लिनु पर्‍यो भन्ने कुरा व्यक्तिगत हो ।

उनि अगाडी लेख्छिन्, छोराको बुवा र मैले एक अर्काबाट एक पैसा नलिने र हाम्रो भाग सबै बाबुको नाममा राख्ने निर्णय गरेर प्रकृया अगाडी बढेको हो, तसर्थ एक अर्काको धन सम्पत्तिमा दुबैको नजर छैन ।

छोरा र छोरीलाई बाराबर अंश दिने प्रावधान रहेको बताउँदै उनले कोबाट धेरै पाउँछ भन्ने कुरा पनि नितान्त व्यक्तिगत भएको बताएकी छन् ।

leave in peace गरेपछी Rest in peace हुने हो । मर्नु अगाडी मेरो एक मात्र सन्तान्को आर्थिक पाटाे सुल्झाउन पाएकोमा म ढुक्कसँग मर्न पकाउने मात्र होईन, यो कुरामा मलाई गर्व पनि छ, उनले लेखेकी छन् ।

उनले अगाडी लेखेकी छन्, समाजमा हानी नहुने गरि, आफ्नो सन्तानलाई राम्रो वातावराणमा हुर्काउन पाउनु सबै अभिभवकको कर्तव्य र स्वतन्त्रता पनि हो । यस बिषयमा धेरै कुराहरु गर्न सकिन्छ ।

उनले शरदप्रति कटाक्ष गर्दै लेखेकी छन्, अरुको जुत्ता नलगाएसम्म त्यो जुत्ताले दिने पिडाको हेक्का हुँदैन । त्यसैले कृपया आफ्ना बालबालिका र नातीनातीनाको भविश्यका लागी के के गर्नुपर्छ निर्धक्क भएर गरौं र गर्न दिउँ ।

निशाले पतिविरुद्ध हालेको अंश चलानको मुद्दामा काठमाडौँ जिल्ला अदालतले अंश दिलाउने फैसला सुनाएसँगै आएका प्रतिक्रियामा उनले यस्ताे जवाफ दिएकी हुन् ।

निशाले वि.सं. २०७९ साल भदौमा पतिसँग सम्बन्धविच्छेद नगरी छोरा युभान र आफ्नो अंश वापत शरदबाट तीन भागमा दुई भाग सम्पत्ति पाउनुपर्ने दाबी सहित मुद्दा दायर गरेकी थिइन् ।

न्यायाधीश शिशिर ढकालको एक इजलासले निशाको सो माग दाबीमा इन्कारी फैसला सुनाएको छ । फैसलामा निशा र युभानले एक–एक भाग पाउने उल्लेख छ । फैसलाअनुसार युभान साबालक नभएसम्म उनको अंशको संरक्षक बुबाआमा दुवै हुनेछन् ।

छोरा युभान आफ्नो एकल संरक्षणमा हुनुपर्ने निशाको माग थियो । तर अदालतले युभान दुवैको संरक्षणमा हुने फैसला सुनाएको छ ।

विभिन्न समयमा अदालतले शरदका नाममा रहेको चलअचल सम्पत्ति रोक्का गरेको थियो ।

निशाले अंश नपाउन्जेलसम्म माना चामल वापत शरदले ४१ हजार छुट्याउनुपर्ने फैसलामा उल्लेख छ । निशाले माना चामल वापत एक लाख रुपैयाँ पाउनुपर्ने दाबी गरेकी थिइन् ।

अदालत प्रशासनका अनुसार गत मंसिर २८ गते सो मुद्दाको फैसला भएको हो । मुद्दाको प्रमाणीकरण भने माघ १९ गते भएको पाइन्छ ।

निशाले दायर गरेको फिराद पत्रमा विवाह भएको केही समयपछि नै पतिसँग राम्रो सम्बन्ध नभएको उल्लेख छ । सोही समयदेखि शरद र निशा बेग्लै बस्दै आएका छन् ।

शरद र निशाले २०७४ साल जेठमा प्रेमसम्बन्धलाई विवाहमा परिणत गरेका थिए ।

 


सम्बन्धित समाचार
       © 2022 - 2024 to Kurakanee ,  All Rights Reserved.  Crafted by Bitcraft Technology