सौन्दर्य प्रतियोगिता

मिस नेपाल २०२६ का लागि आवेदन खुला, यस्ता छन् क्राइटेरिया!

मिस नेपाल २०२६ का लागि आवेदन खुला, यस्ता छन् क्राइटेरिया!

संस्थाका निर्देशक प्रमोद कंसकारका अनुसार यसपटक पनि अन्तरवार्ता हटाउँदै सुन्दरतालाई केन्द्रमा राखेर प्रतिस्पर्धी छनोट गरिनेछ ।

  • कुराकानी

  • बुधबार, जेष्ठ ६, २०८३

  • 6
    SHARES
मिस नेपाल २०२६ का लागि आवेदन खुला, यस्ता छन् क्राइटेरिया!

कुराकानी। मिस नेपाल २०२६’ का लागि आवेदन खुला गरिएको छ । आयोजक संस्था ‘द हिडन ट्रेजर’ले इच्छुक युवतीलाई एक महिनासम्म आवेदन दिन सकिने जनाएको छ ।

संस्थाका निर्देशक प्रमोद कंसाकारका अनुसार यसपटक पनि अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रतिस्पर्धी छनोट गरिनेछ । आवेदनका लागि उमेर १८ देखि २७ वर्ष हुनुपर्नेछ । त्यस्तै, आवेदक अविवाहित तथा यसअघि विवाह नगरेको हुनुपर्ने प्रावधान राखिएको छ। सहभागी हुन नेपाली नागरिकता वा पासपोर्ट अनिवार्य गरिएको छ भने न्यूनतम शैक्षिक योग्यता प्लस टु वा सो सरह हुनुपर्नेछ।

मिस वल्र्ड संगठनको मापदण्डअनुसार शरीरमा ट्याटु नभएको हुनुपर्ने सर्त पनि लागू गरिएको आयोजकले जनाएको छ ।


सम्बन्धित समाचार
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology