मलमासको बिदाइसँगै मच्छेनारायणमा भक्तजनको उल्लास (फोटो फिचर)

मलमासको बिदाइसँगै मच्छेनारायणमा भक्तजनको उल्लास (फोटो फिचर)

विशेषगरी मलमासको अवधिमा मच्छेनारायणको दर्शन गर्नुलाई निकै फलदायी मानिन्छ।

  • कृष्पा श्रेष्ठ

  • सोमवार, असार १, २०८३

  • 5
    SHARES
मलमासको बिदाइसँगै मच्छेनारायणमा भक्तजनको उल्लास (फोटो फिचर)

कुराकानी। हिन्दू धर्मशास्त्रमा विशेष महत्त्व बोकेको पवित्र पुरुषोत्तम मास (मलमास) को अन्तिम दिन आज चङ्गु नारायण मन्दिर क्षेत्रस्थित मच्छेनारायणमा आयोजित महिनाभरीको धार्मिक मेला भव्य रूपमा समापन भएको छ। पुरुषोत्तम महिनाको अन्त्यसँगै आज बिहानैदेखि मन्दिर परिसरमा पूजा-अर्चना र दर्शन गर्ने भक्तजनहरूको उल्लेख्य भीड लागेको थियो।

मलमास र मच्छेनारायणको सम्बन्ध: हिन्दू परम्पराअनुसार पुरुषोत्तम मासमा भगवान नारायण (विष्णु) को आराधना गर्नाले विशेष फल मिल्ने विश्वास गरिन्छ। विशेषगरी मलमासको अवधिमा मच्छेनारायणको दर्शन गर्नुलाई निकै फलदायी मानिन्छ।

पाँच वर्षमा दुईपटक मात्र योग पर्ने यो दुर्लभ मेलामा पछिल्ला वर्षहरूमा भक्तजनको आगमन क्रमशः बढ्दै गएको स्थानीय व्यवस्थापन समितिले जनाएको छ। समितिअनुसार, केही समयअघि भगवान विष्णुको विराट स्वरूपको मूर्ति स्थापना गरिएपछि मच्छेनारायण क्षेत्रप्रति भक्तजनको आकर्षण र प्रचार–प्रसार झनै चुलिएको हो।

मेलाको अन्तिम दिन आज भक्तजनहरूले विशेष पूजा–अर्चना गर्ने, आफ्नो भाकल पूरा गर्ने र महिनाभरीको धार्मिक विधिहरू सम्पन्न गरेका थिए। भक्तपुर, काठमाडौं र ललितपुर लगायत उपत्यकाका विभिन्न स्थानबाट आएका श्रद्धालुहरूको उपस्थितिले पुरुषोत्तम मासको बिदाइलाई थप धार्मिक र उल्लासमय बनाएको छ।


सम्बन्धित समाचार
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology