कुराकानी। मध्यपुर थिमिमा मंगलबार परम्परागत पर्व गठेमंगल मनाइएको छ। नेवार समुदायले श्रावण कृष्ण चतुर्दशीका दिन मनाउने यो पर्वलाई घण्टाकर्ण पर्वका रूपमा समेत चिनिन्छ।

मध्यपुर थिमिका विभिन्न टोलमा स्थानीयहरू भेला भएर परम्परागत विधिअनुसार गठेमंगल बनाएर स्थापना गरेका थिए। नर्कट, निगालो तथा छ्वालीलगायत सामग्रीबाट बनाइएको गठेमंगल दिनभर टोलमा राखिएको थियो।

गठेमंगललाई नकारात्मक शक्ति र अशुभता पन्छाउने पर्वका रूपमा लिने गरिन्छ। साँझ परेपछि गठेमंगललाई छ्वालीको चिरागसहित परिक्रमा गराएर विसर्जन गर्ने परम्परा छ।






कृष्पा श्रेष्ठ