परराष्ट्रमन्त्री खनाल भारत भ्रमणलगत्तै आगामी साता चीन जाने, बेइजिङमा उच्चस्तरीय वार्ता हुने

परराष्ट्रमन्त्री खनाल भारत भ्रमणलगत्तै आगामी साता चीन जाने, बेइजिङमा उच्चस्तरीय वार्ता हुने

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार मन्त्री खनाल आगामी जुन १४ (जेठ ३१) मा चीन प्रस्थान गर्ने कार्यतालिका तय भएको छ।

  • कुराकानी

  • सोमवार, जेष्ठ २५, २०८३

  • 2
    SHARES
परराष्ट्रमन्त्री खनाल भारत भ्रमणलगत्तै आगामी साता चीन जाने, बेइजिङमा उच्चस्तरीय वार्ता हुने

कुराकानी। भारतको औपचारिक भ्रमण सकेर फर्किएलगत्तै परराष्ट्रमन्त्री शिशिर खनाल अर्को साता चीन भ्रमणमा जाने भएका छन्। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार मन्त्री खनाल आगामी जुन १४ (जेठ ३१) मा चीन प्रस्थान गर्ने कार्यतालिका तय भएको छ।

भ्रमणका क्रममा उनले चिनियाँ विदेशमन्त्री वाङ यी र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ हाइसिङसँग बेइजिङमा औपचारिक द्विपक्षीय भेटवार्ता गर्नेछन्। साथै, उनले त्यहाँस्थित नेपाली डायस्पोरासँग अन्तर्क्रिया समेत गर्ने र जुन १७ मा स्वदेश फर्कने कार्यक्रम छ।

मन्त्रालयले चीन भ्रमणको अन्तिम एजेन्डा र औपचारिक तालिका सार्वजनिक गर्न बाँकी रहेको परराष्ट्रका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले बताए। यद्यपि, हालै सम्पन्न भारत भ्रमणजस्तै यस भ्रमणमा पनि नेपालको हित, द्विपक्षीय सम्बन्ध, व्यापार-लगानी, कनेक्टिभिटी र लिपुलेक नजिकैको व्यापारिक मार्ग खुला गर्ने विषयमा छलफल हुनसक्ने संकेत गरिएको छ।


सम्बन्धित समाचार
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology