सीमामा नेपाली सेना किन छैन ? हर्क साम्पाङ

सीमामा नेपाली सेना किन छैन ? हर्क साम्पाङ

उनले सीमा सुरक्षामा नेपाली सेनाको उपस्थिति नभएको भन्दै सरकारको आलोचना गरे।

  • कुराकानी

  • शुक्रबार, जेष्ठ २९, २०८३

  • 1
    SHARES
सीमामा नेपाली सेना किन छैन ? हर्क साम्पाङ

कुराकानी। श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्कराज राई (हर्क साम्पाङ) ले सुस्ता क्षेत्रमा भारतीय सीमा बलले नेपाली नागरिकमाथि हप्कीदप्की र दुव्र्यवहार गरेको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद राईले सीमा सुरक्षा र नेपाली नागरिकको रक्षाका विषयमा सरकार र विशेषगरी रक्षामन्त्रीको भूमिकामाथि प्रश्न उठाएका हुन्।

“यस बेला नेपालका रक्षामन्त्री कहाँ छन् ? प्रधानमन्त्रीज्यू आउनुहुन्न भने अब रक्षामन्त्रीलाई सदनमा बोलाइदिनुस्,” सभामुखसँग रुलिङको माग गर्दै उनले भने, “हामी उहाँलाई दुई–चार वटा गम्भीर प्रश्न सोध्न चाहन्छौं।”

सांसद राईले सुस्तामा भारतीय सशस्त्र सीमा बल (एसएसबी) का जवानहरू आएर नेपाली दाजुभाइमाथि दुव्र्यवहार गरेको र नेपालीहरू आफ्नो भूमिको रक्षाका लागि एक्लै संघर्ष गरिरहेको भिडियो सार्वजनिक भएको दाबी गरे।

यस्तै, उनले सीमा सुरक्षामा नेपाली सेनाको उपस्थिति नभएको भन्दै सरकारको आलोचना गरे। “सीमामा नेपाली सेना गएर बस्न नहुने त्यस्तो कुन अप्ठ्यारो आइलागेको छ ? सरकार यस विषयमा किन मौन छ ?” भन्दै उनले सीमा रक्षाका लागि सरकारलाई आफ्नो जिम्मेवारी भुल्न नहुने स्मरण गराए।


सम्बन्धित समाचार
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology