लेखक लफडा

कमेडीको किचलो: साइवर सेना नै परिचालन !

कमेडीको किचलो: साइवर सेना नै परिचालन !

कमेडी नाईट वीथ च्याम्पियन र कमेडी दरवारबीचको अस्वस्थ प्रतिस्पर्धा अब गोप्य रहेन ।

  • कुराकानी

  • मङ्लबार, असार ३१, २०८२

  • 196
    SHARES
कमेडीको किचलो: साइवर सेना नै परिचालन !

कुराकानी । आज भन्दा झण्डै ७ बर्ष अघि स्ट्याण्डअप कमेडीमा एक किसिमको बहार आयो । ‘नेप ग्याजम’ नामको एक समुहले विभिन्न स्थानमा स्ट्याण्ड अप कमेडी गर्दै त्यसलाई युट्युवमा अपलोड गर्न थाले । यसअघि नेपालमा खासै चर्चामा नरहेको स्ट्याण्डअप कमेडीलाई नेपाली दर्शकले पनि मन पराउन थाले ।

लोकमणी त्रिताल, योजना थापा मगर, सीता न्यौपाने लगायतका हास्य कलाकारले राम्रै चर्चा पनि कमाए । त्यस्तै, यहि समयमा अपूर्व क्षितिज, विशाल गौतम लगायतका कलाकारहरुले पनि युट्युवलाई नै प्रयोग गरेर स्टयाण्डप कमेडीहरु गरिरहेका थिए ।

त्यसको २ बर्षपछि एक शो आयो ‘कमेडी च्याम्पियन’। यसका तिनओटा सिजन आए । जसले धेरै मानिसहरुको पहुँचमा स्ट्याण्डअप कमेडीलाई पुर्याईदियो र नयाँ-नयाँ हाँस्य कलाकारहरुलाई बजारमा ल्याईदियो ।

कमेडी भन्ने वित्तिकै अनुहार बिगार्ने, बडी सेमिङ मार्फत हँसाउने कोशिस गर्ने, कसैको बोलीको नक्कल गरेर हँसाउने परम्परागत चलन थियो । जसले बडी सेमिङ, सस्ता भद्दा जोक्स, अनुहार बिगार्ने र दलित, जनजाति, मधेशी, महिला तथा लैंगिक अल्पसंख्यकका मजाक उडाएर दर्शक हँसाउने काम गर्थे । विशेष गरेर टेलिफिल्म या फिल्मतिर यस्ता कमेडी चल्थ्यो। त्यसो त क्यारिकेचर, रोष्ट, तेस्रो लिंगी महिला तथा पुरुषको पहिरन र हाउभाउबाट होच्याउने कार्य भने अहिले पनि जारी छ ।

स्ट्याण्डप कमेडीका कारण पहिलेको तुलानामा हास्य व्यङ्ग्यलाई हेर्ने नजर भने अहिले फराकिलो बन्दै छ । त्यसैले यसको केहि श्रेय ‘कमेडी च्याम्पियन’लाई पनि दिनैपर्छ । यो शोले यतिधेरै युवा हास्य कलाकार चिनाइदियो कि अहिलेसम्म पनि तिनै कलाकारहरुले देश विदेशका मञ्च ओगटिरहेका छन् ।

यो शोले अन्य रियालिटी शो भन्दा फरक तरिकाले आफ्ना प्रतियोगीलाई बोकेर हिँड्यो । तीन सिजनबाट आएका हास्य कलाकारलाई लिएर ‘कमेडी वीथ च्याम्पियन्स’ र अहिले ‘कमेडी नाइट वीथ च्याम्पियन्स’ चलाइरहेको छ ।

तर केहि प्रतियोगी र विजेता भने यो टिमबाट अलग हुन पुगे । ‘कमेडी च्याम्पियन’बाटै आएका विक्की अग्रवालको निर्देशनमा च्याम्पियन विजेता हिमेश पन्त सहित केहि हास्य कलाकार र भाइरल कलाकारहरु मिलेर प्राइम टेलिभिजनमा ‘कमेडी दरवार’ चलाइरहेका छन् । त्यस्तै ‘कमेडी नाइट वीथ च्याम्पियन्स’ भने हिमालय टेलिभिजनबाट प्रसारण हुन्छ ।

यी दुबै कमेडी शोहरुको प्रस्तुतीकरण फरक छ तर कन्टेन्ट भने उस्तै ।

यो दुइको कन्टेन्ट उस्तै भएपनि स्वस्थ प्रतिस्पर्धा चल्नु राम्रो हो । तर अस्वस्थ प्रतिस्पर्धा यतिवेला चर्काे रुपमा चलिरहेको छ ।

‘कमेडी नाइट वीथ च्याम्पियन’को कमेन्ट सेक्सन यतिवेला नकारात्मक टिप्पणीले भरिएका छन् । सबै प्रतिक्रियाहरुमा ‘कमेडी दरवार’ धेरै कुराले ‘कमेडी नाइट वीथ च्याम्पियन’ भन्दा उत्कृष्ट रहेको भनिएको छ ।

यसले यी दुई शो बीच अस्वस्थ प्रतिस्पर्धा चलिरहको बाहिरैसम्म देखिन्छ ।

साइवर सेना नै परिचान !

‘कमेडी नाइट वीथ च्याम्पियनस्’ ले  १६औं एपिसोडको ट्रेलर सार्वजनिक गर्यो । जसमा अधिकांश कमेन्टहरु नकारात्मक छ ।

हेर्नुस् ट्रेलर

माथीको ट्रेलरमा यदि तपाई कमेन्ट सेक्सनमा जानुभयो भने प्राय: कमेन्टमा ‘कमेडी नाइट वीथ च्याम्पियन’ भन्दा ‘कमेडी दरवार’ उत्कृष्ट रहेको प्रतिक्रिया देख्न सकिन्छ । कमेन्टमा लेखिएको भाषा र त्यहाँ प्रयोग भएका शब्दहरु पनि उस्तै लाग्छन् । धेरैजसो आइडीहरुले रियालिटी शो बारे नै कमेन्ट गरेका छन् र त्यसमा कुनै प्रशंसाले भरिएका छन् भने कुनै गालीले । ति आइडीहरु खुलेको खासै लामो समय पनि भएका छैनन् र धेरैजसोले नाम र फोटो समेत राखेका छैनन् । यसरी हेर्दा ति आइडीहरु कमेन्ट गर्नका लागि नै खोलिएका जस्तो लाग्छन् ।

यस्तो अवस्थामा कि त दरवारले साइवर सेना प्रयोग गर्यो कि च्याम्पियन आफैले आफैलाई गोली हान्यो । किनभने कमेडिका यि दुई शोहरुमा यतिवेला राजनीति छिरेको छ र चुनावमा जित्न जुनसुकै हतकण्डा पनि मच्चिएको हुनसक्छ 😝

लेखकहरुको लफडा

‘कमेडी नाइट वीथ च्याम्पियन्स’ का लेखक रजनिश अर्याल ‘कमेडी दरवार’ का लेखक विकास अर्याल मिल्ने साथी समेत हुन् । तर अहिले यि दुईबीच फाटो मात्रै आएन हात हालाहालकै परिस्थिती निर्माण भएको स्रोतले कुराकानीलाई जानकारी दिएको छ ।

कुरा यतिसम्म टाढा पुग्यो कि झगडाको क्रममा च्याम्पियनका अर्यालको हात समेत फ्याक्चर भयो ।

यो घटना दुबै टीमले गुपचुप नै राखे । तर अब भने पर्दाबाट निस्किएर यो लफडा कमेन्ट सेक्सनमा पुगेको छ । कमेन्टमा धेरैले ‘च्याम्पियनस्’ का लेखक परिवर्तन गर्न माग गरेका छन् । यसले के प्रष्ट पार्छ भने कुनै एक समुह जो यो घटनाबारे जानकार छ उसले नै यी कमेन्टहरु गर्न लगाएको हो ।

‘दरबार’ को कमेन्ट सेक्सन सकारात्मक प्रतिक्रियाहरुले भरिएका छन् भने ‘च्याम्पियनस्’ को नकारात्मक । ‘च्याम्पियनस्’ को सबैले खराब समीक्षा गरेका छन्, त्यो पनि ट्रेलर मात्रै हेरेर ।

गेष्ट समेत दोहोरिँदैनन् यी दुई शोमा

दुई कमेडी शोको दुस्मनी यतिसम्म चुलिएको छ कि, कुनै एक शोमा गएका पाहुना अर्कोमा बोलाउने चलन छैन ।

फिल्म या आफ्नो ब्राण्डको प्रचार-प्रसार गर्न यस्ता शोहरुमा पाहुना पैसा तिरेर जाने गर्छन् । तर यि दुई शोको लफडाका कारण एउटामा गए अर्कोमा जान नपाउने नाम नबताउने सर्तमा एक कलाकारले कुराकानीलाई जानकारी दिए । उनले भने, ‘हामी दुबै शोहरुमा गएर फिल्मको प्रचार गर्न चाहन्छौं तर त्यो सम्भव छैन ।’

यसको फाईदा र घाटा दुबै भएको ति कलाकारको भनाई छ । उनले भने स्वस्थ प्रतिस्पर्धा हुँदा हामीले बार्गेनिङ गर्न पाउथ्यौं, त्यो राम्रो हो तर अस्वस्थ प्रतिस्पर्धाका कारण दुबैमा जान भने पाएनौं त्यो नराम्रो हो ।

उनले बाहिरै देखिने गरेर भन्दा पर्दा भित्रै कन्टेन्टहरुमा प्रतिस्पर्धा गरे राम्रो हुने सुझाव समेत दिए ।

 

* लेखकको नाम अन्यथा भएकाले सच्याइएको छ ।

-कुराकानी 

 

 

 

 


सम्बन्धित समाचार
       © 2022 - 2025 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology