सचेतना

तीन दिनसम्म उपत्यका भित्रन र बाहिरिन नपाइने

तीन दिनसम्म उपत्यका भित्रन र बाहिरिन नपाइने

तीन दिनसम्म उपत्यका भित्रन र बाहिरिन नपाइने

  • कुराकानी

  • शनिबार, अशोज १८, २०८२

  • 14
    SHARES
तीन दिनसम्म उपत्यका भित्रन र बाहिरिन नपाइने

कुराकानी । नेपाल सरकारले भारी वर्षाको पूर्वानुमानसँगै सम्भावित विपद् जोखिमलाई ध्यानमा राखेर शनिवारदेखि तीन दिनसम्मका लागि लामो दूरीका तथा काठमाडौं भित्रिने र बाहिरिने सवारीसाधन सञ्चालनमा रोक लगाएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार एक अत्यन्त जरुरी सूचना जारी गर्दै असोज १८, १९ र २० गतेसम्मका लागि यातायात बन्द गर्ने निर्णय गरेको हो।

सूचनाअनुसार, कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै जिल्लाबाट चल्ने लामो दूरीका र उपत्यका आवतजावत गर्ने सवारीसाधनमा रोक लगाइएको छ।

जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार असोज २० गतेसम्म कोशी प्रदेशदेखि लुम्बिनी प्रदेशसम्म चट्याङसहित हल्कादेखि मध्यम वर्षा र केही स्थानमा भारीदेखि अति भारी वर्षाको समेत सम्भावना रहेकोले यस्तो निर्णय लिइएको प्राधिकरणले जनाएको छ।

यात्रुहरूलाई पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी हुँदै प्राधिकरणले अत्यावश्यक कामबाहेक यात्रा नगर्न, सुरक्षित रूपमा घरमै बस्न र विपद् सम्बन्धी आधिकारिक सूचनाका लागि रेडियो, टेलिभिजन तथा सामाजिक सञ्जालजस्ता माध्यमहरूमा ध्यान दिन सर्वसाधारणलाई आग्रह गरेको छ।

नागढुंगाबाट फर्कँदै सवारीसाधन

काठमाडौंबाट बाहिरिन खोजेका सवारी साधनहरुलाई नागढुंगा चेकपोष्टबाट प्रहरीले फर्काएको छ ।

प्रहरीले माइकिङ गरेर धादिङतर्फ पहिरो खसेको र तत्काल खुलाउन सक्ने अवस्था नरहेको भन्दै अगाडि नबढ्न अनुरोध गरेको थियो । त्यसपछि नागढुंगा चेकपोस्टमा रोकिएका गाडीहरु काठमाडौं फर्कन थालेका हुन् ।

शनिबार बिहानबाटै नागढुंगा–मुग्लिन सडक खण्डका विभिन्न स्थानमा पहिरो खसेकाले यात्रा नगर्न अनुरोध गर्दै प्रहरीले माइकिङ गरिरहेको छ । ट्राफिक प्रहरीले अगाडि बढ्न नदिई काठमाडौं फर्कन गरेको सोही अनुरोधलाई मान्दै यात्रुहरु फर्किन थालेका हुन् ।

अनुरोध मानेर गाडी चालक र यात्रुहरु फर्किएकोमा प्रहरीले कृतज्ञता व्यक्त गरेको छ । ‘हाम्रो अनुरोध सुनेर फर्कनुभएका सम्पूर्ण यात्रु, चालक/सहचालक सबैमा हार्दिक कृृतज्ञता व्यक्त गर्न चाहन्छौँ,’ माइकिङमा भनिएको छ, ‘तपाईंको सुरक्षा हाम्रो जिम्मेवारी ।’

 


सम्बन्धित समाचार
       © 2022 - 2025 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology