वाउ कुराकानी

विश्वकप क्रिकेट खेल्दै नेपाल !

विश्वकप क्रिकेट खेल्दै नेपाल !

सिमोआले युएइसँगको खेल हारेसँगै नेपालले गर्यौ विश्वकपमा प्रवेश

  • कुराकानी

  • बुधबार, अशोज २९, २०८२

  • 22
    SHARES
विश्वकप क्रिकेट खेल्दै नेपाल !

कुराकानी । सामोअले युएइसँगको खेल हारेसँगै नेपाल टी-२० विश्वकप २०२६ मा प्रवेश गरेको छ ।

नेपाल आगामी वर्ष भारत र श्रीलंकामा हुने आईसीसी टी-२० विश्वकप क्रिकेटमा छनोट भएको हो । यो नेपालको तेस्रो विश्वकप यात्रा हो ।

आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोट सुपर सक्सका सम्पुर्ण छनोट चरण पार गर्दै नेपाल विश्वकप प्रवेश गरेको हो ।

नेपाल र ओमानबीच आजै राती हुने खेलको विजेताले टी-२० विश्वकपमा स्थान बनाउने समिकरण थियो । तर त्यसअघिका भएका दुवै खेलको नतिजा आफू अनुुकल आएपछि नेपाल र ओमानले सुपर सिक्समा दुई खेल खेल्नुअघि नै विश्वकपको टिकट काटेको हो ।

सुपर सिक्समा नेपाल र ओमानले यसअघि नै लगातार दुई खेल जित्दै समान ६ अंक जोडिसकेको छ । सुपर सिक्समा शीर्ष तीनमा रहने टोली विश्वकप पुग्ने प्रावधान छ ।

नेपालले समूह चरणमा कुवेत र जापानलाई हराएर सुपर सिक्समा पुगेको थियो । सुपर सिक्समा नेपालले यूएई र कतारलाई हराइसकेको छ भने ओमान र सामोअसँग खेल्न बाँकी छ । यस्तै ओमानले पनि कतार र युएईलाई नै पराजित गरिसकेको छ ।

युएईले सामोअलाई हराएपछि ४ अंक जोडेको छ र विश्वकप पुग्ने सम्भावना कायमै राखेको छ । अब सामोहले नेपाल र ओमानसँग दुई खेल खेल्न बाँकी छ । यस्तै युएईले जापानसँग खेल्न बाँकी छ ।

यस्तो अवस्थामा नेपाल र ओमान बाहेक अर्को एक टिमको मात्र ६ अंक पुग्ने समिकरण रहेकोले दुई टोलीको विश्वकपमा स्थान टुङ्गो लागेको हो ।

नेपालले पहिलोपटक सन् २०१४ मा टी-२० विश्वकप खेलेको थियो । त्यसपछि नेपालले दोस्रोपटक विश्वकप खेल्न १० वर्ष कुर्नुपरेको थियो ।

सन् २०२४ को विश्वकप खेलेको नेपालले समूह चरण पार गर्न नसकेपनि दक्षिण अफ्रिकालाई चुनौती दिएर १ रनले पराजित भएपछि विश्व क्रिकेटको ध्यान तानेको थियो ।

नेपालसँगै छनोटमा परेको ओमानसँग पनि नेपालले आजै बेलुकी ८:४५ बजे खेल्दैछ । यो खेल जिते पनि हारे पनि नेपाल विश्वकप छनोटमा भने परिसकेको हो ।

 


सम्बन्धित समाचार
       © 2022 - 2025 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology