सेवाग्राहीका लागि मन्त्रालयमा ह्वीलचेयर सेवा

सेवाग्राहीका लागि मन्त्रालयमा ह्वीलचेयर सेवा

मन्त्रालयले यो व्यवस्थाले सार्वजनिक सेवा प्रवाहलाई थप पहुँचयुक्त, समावेशी र नागरिकमैत्री बनाउन सहयोग पुग्ने जनाएको छ।

  • कुराकानी

  • बुधबार, असार २४, २०८३

  • 1
    SHARES
सेवाग्राहीका लागि मन्त्रालयमा ह्वीलचेयर सेवा

कुराकानी। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयले मन्त्रालय परिसरमा ह्वीलचेयर सेवा सुरु गरेको छ।

मन्त्रालयले शारीरिक रूपमा हिँडडुल गर्न कठिनाइ भएका व्यक्ति, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा आवश्यकता अनुसार अन्य सेवाग्राहीलाई लक्षित गर्दै सेवा सञ्चालनमा ल्याएको जनाएको छ।

मन्त्रालयका अनुसार सेवाग्राहीले अब मन्त्रालय परिसरभित्र आवश्यकता अनुसार ह्वीलचेयर प्रयोग गर्न सक्नेछन्। यसबाट मन्त्रालयमा सेवा लिन आउने नागरिकलाई सहज, सुरक्षित र सम्मानजनक वातावरण उपलब्ध गराउने अपेक्षा गरिएको छ।

मन्त्रालयले यो व्यवस्थाले सार्वजनिक सेवा प्रवाहलाई थप पहुँचयुक्त, समावेशी र नागरिकमैत्री बनाउन सहयोग पुग्ने जनाएको छ।

समावेशी शासन र समान पहुँचको नीतिअनुरूप आगामी दिनमा पनि सेवाग्राहीको आवश्यकतालाई केन्द्रमा राखेर सेवा प्रवाहमा सुधार गर्दै जाने मन्त्रालयले जनाएको छ।

सम्बन्धित समाचार
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology