अब पनि चुप रहे, हिमालले नै हामीलाई निल्नेछ!

अब पनि चुप रहे, हिमालले नै हामीलाई निल्नेछ!

प्रारम्भिक अध्ययन अनुसार लाङटाङको करिब ५ हजार २ सय मिटर उचाइबाट चट्टान, बरफ र हिमनदी खसेर ठूलो बहाव बनेको थियो।

  • पुष्पा थपलिया

  • सोमवार, भदौ २९, २०८३

  • 2
    SHARES

कुराकानी। २०८३ साल भदौ १० गते रसुवाको पावर हाउसमा काम गरिरहेका २२ वर्षीय सन्तमान थिङले अचानक ठूलो आवाज सुने। केही बुझ्न नपाउँदै हिलो, ढुंगा र गेग्रानसहितको बाढी टनेलभित्र पस्यो। उनी बाहिर निस्कन सफल भए पनि टनेलभित्र रहेका धेरै मजदुर बेपत्ता भए।

त्यस्तै, २१ वर्षीय सिजल थापा क्षेत्री सुतिरहेको अवस्थामा बाढीको गेग्रान कोठाभित्र पसेपछि घाइते भए। उद्धारपछि उनलाई अस्पताल पुर्‍याइएको थियो।

प्रारम्भिक अध्ययन अनुसार लाङटाङको करिब ५ हजार २ सय मिटर उचाइबाट चट्टान, बरफ र हिमनदी खसेर ठूलो बहाव बनेको थियो। उक्त बहावले २० किलोमिटरभन्दा बढी दूरी करिब सात मिनेटमै पार गरेको बताइएको छ।

विशेषज्ञहरूले यस्ता घटना बढ्नुमा जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारिरहेको प्रभावलाई पनि महत्वपूर्ण कारण मानेका छन्। तापक्रम बढ्दै जाँदा हिमनदी पग्लिने, हिमताल विस्तार हुने र बाढी–पहिरोको जोखिम बढ्ने गर्छ।

नेपालको हरितगृह ग्यास उत्सर्जन विश्वको तुलनामा निकै न्यून छ। तर जलवायु परिवर्तनको असर भने नेपालजस्ता हिमाली देशले ठूलो रूपमा भोगिरहेका छन्।

भोटेकोशीको यो विपद् कसरी सुरु भयो? यसको जलवायु परिवर्तनसँग के सम्बन्ध छ? र आगामी दिनमा नेपालले कस्तो जोखिम सामना गर्न सक्छ?

विस्तृत विवरण भिडियोमा हेर्नुहोस्।


सम्बन्धित समाचार
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology