कुराकानी। जटिल प्रसूति समस्या देखिएपछि धादिङकी २४ वर्षीया ममता तामाङको हवाई उद्धार गरिएको छ ।
गंगाजमुना गाउँपालिका–५ निवासी तामाङको प्रसूति अवस्था जटिल भएपछि ज्यान जोखिममा परेको थियो । उनलाई महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालित गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार कार्यक्रममार्फत काठमाडौं ल्याइएको हो ।
हवाई उद्धारपछि तामाङलाई थप उपचारका लागि काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा भर्ना गरिएको छ । उनको अस्पतालमा आवश्यक उपचार भइरहेको छ ।