कुराकानी। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीनदिने निजी तथा पारिवारिक भ्रमणका लागि भारत गएका छन्।
लामिछाने पत्नी निकिता लामिछानेसहित शुक्रबार बिहान काठमाडौं विमानस्थलबाट हवाईमार्ग हुँदै धनगढी पुगेका थिए। त्यसपछि सडकमार्गबाट कञ्चनपुर हुँदै गड्डाचौकी नाका पुगेर उनी भारत प्रवेश गरेका हुन्।
भ्रमणका क्रममा लामिछाने परिवारसहित भारतको उत्तराखण्डस्थित नैनीतालमा रहेको कैँची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा पूजाआजा गर्ने कार्यक्रम रहेको छ।
उनको निजी सचिवालयले यस भ्रमणलाई निजी तथा पारिवारिक तीर्थाटनका रूपमा उल्लेख गरेको छ।