टी–२० विश्वकपका सर्वाधिक रनकर्ता फरहान नेपालमा

टी–२० विश्वकपका सर्वाधिक रनकर्ता फरहान नेपालमा

३० वर्षीय दायाँहाते ब्याटर फरहानले पाकिस्तानका लागि ६ एकदिवसीय र ५१ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्।

  • कुराकानी

  • शनिबार, कार्तिक ८, २०८३

  • 5
    SHARES
टी–२० विश्वकपका सर्वाधिक रनकर्ता फरहान नेपालमा

कुराकानी। पाकिस्तानका ब्याटर तथा टी–२० अन्तर्राष्ट्रिय टोलीका कप्तान साहिबजादा फरहान नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण खेल्न काठमाडौं आइपुगेका छन्। उनले प्रतियोगितामा कर्णाली याक्सबाट खेल्नेछन्।

३० वर्षीय दायाँहाते ब्याटर फरहानले पाकिस्तानका लागि ६ एकदिवसीय र ५१ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। टी–२० अन्तर्राष्ट्रियमा उनले दुई शतक र १३ अर्धशतकसहित १ हजार ५५४ रन बनाएका छन्। उनको स्ट्राइक रेट १३९.४९ छ।

समग्र टी–२० क्रिकेटमा १८६ खेल खेलेका फरहानले ५ हजार ७७५ रन बनाएका छन्। यस क्रममा उनले नौ शतक र ३८ अर्धशतक प्रहार गरेका छन्। उनको उच्चतम स्कोर अविजित १६२ रन हो।

सन् २०२६ को पुरुष टी–२० विश्वकपमा सर्वाधिक रन बनाउने ब्याटरसमेत रहेका फरहानले ६ खेलमा ३८३ रन बनाएका थिए। उनले प्रतियोगितामा दुई शतक प्रहार गरेका थिए।

एनपीएलको तेस्रो संस्करण अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म सञ्चालन हुनेछ। फरहानको आगमनले कर्णाली याक्सको ब्याटिङ पक्ष थप बलियो हुने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology