कुलेखानी जलाशय भरिन लागेपछि तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

कुलेखानी जलाशय भरिन लागेपछि तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

कुलेखानी प्रथम जलविद्युत् केन्द्रका प्रमुख प्रह्लाद राउतका अनुसार जलाधार क्षेत्रमा निरन्तर भारी वर्षा भइरहेकाले जलाशयको पानीको सतह तीव्र गतिमा बढिरहेको छ।

  • कुराकानी

  • शनिबार, कार्तिक १५, २०८३

  • 0
    SHARES
कुलेखानी जलाशय भरिन लागेपछि तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

कुराकानी। लगातारको वर्षाका कारण मकवानपुरस्थित कुलेखानी जलाशय भरिन लागेपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

जलाशयमा पानीको सतह १ हजार ५२७ दशमलव ९३ मिटर पुगेको छ। जलाशयको अधिकतम भण्डारण क्षमता १ हजार ५३० मिटर रहेको छ। यसअनुसार जलाशय पूर्ण क्षमतामा पुग्न अब करिब २.०७ मिटर मात्र बाँकी छ।

कुलेखानी प्रथम जलविद्युत् केन्द्रका प्रमुख प्रह्लाद राउतका अनुसार जलाधार क्षेत्रमा निरन्तर भारी वर्षा भइरहेकाले जलाशयको पानीको सतह तीव्र गतिमा बढिरहेको छ।

पानीको सतह नियन्त्रण गर्न आवश्यक परे बाँधका ढोका खोल्नुपर्ने हुन सक्ने भन्दै आयोजनाले पूर्वसावधानीस्वरूप चेतावनी जारी गरेको छ। बाँधका ढोका खोल्नुपर्ने अवस्था आए साइरन बजाएर जानकारी गराइने आयोजनाले जनाएको छ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जलाशयको सतह केही घण्टामै १ हजार ५२८ मिटर नाघ्न सक्ने भन्दै तल्लो तटीय क्षेत्र तथा नदीकिनार आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।

उनले नदीकिनारबाट टाढा अग्लो तथा सुरक्षित स्थानमा रहन र आयोजनाबाट जारी हुने आधिकारिक सूचना तथा मोबाइलमा प्राप्त एसएमएसको निर्देशन पालना गर्न अनुरोध गरेका छन्।

त्यस्तै, देउराली–सिस्नेरी सडकखण्ड प्रयोग गर्ने यात्रुलाई समेत सावधानी अपनाउन आग्रह गरिएको छ।


सम्बन्धित समाचार
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology