चिया पसल

गोर्खा वारियरका पाहुना, बस्ने ठाउँ नभेटिएपछि फिल्म नहेरी फर्किए

गोर्खा वारियरका पाहुना, बस्ने ठाउँ नभेटिएपछि फिल्म नहेरी फर्किए

नायिका प्रियंका कार्की मात्रै हैन, बोलाएका धेरै पाहुना सिट अभावका कारण फिल्म नहेरी फर्किए, केहिले भने भुँईँ र सिढींमा बसेर हेरे ।

  • कुराकानी

  • बिहिबार, फाल्गुन १०, २०८०

  • 1.5K
    SHARES
गोर्खा वारियरका पाहुना, बस्ने ठाउँ नभेटिएपछि फिल्म नहेरी फर्किए

काठमाडाैं । अभिनेत्री प्रियंका कार्की ‘गोर्खा वारियर’ को भव्य प्रिमियरमा पुगिन् । हलमा पुगेर यताउति हेरिन् तर सबै सिट भरिभराउ । उनि केहि समय अफ्ट्यारो मानेर यताउता गरिन् । त्यसपछि फोटो खिच्न बोलाएको भन्दै बाहिरिइन् । अनि उनि हलमा फर्किनन् ।

नायिका कार्की मात्रै हैन, बोलाएका धेरै पाहुना सिट अभावका कारण फिल्म नहेरी फर्किए, केहिले भने भुँई र सिँढीमा बसेर हेरे ।

नेपालमा कसले भब्य ‘प्रिमियर सो’ गर्ने भन्ने प्रतिस्पर्धा आजको हैन, पहिलेदेखिकै हो । जसलाई पछिल्लो समय उछिनेका छन्, निर्देशक मिलन चाम्सले । पहिले बिदेशमा प्रिमियर सक्काएर अहिले उनि नेपालका ठुला शहरहरुमा प्रिमियर गरिरहेका छन् ।

यहि शुक्रवारबाट प्रर्दशनमा आउन लागेको फिल्म ‘गोर्खा वारियर’ को कुरा हुँदैछ यहाँ । फिल्म प्रिमियरको यात्रा लण्डनको “आइम्याक्स सिनेवर्ल्ड’  बाट सुरु भएर नेपालको धरान, पोखरा हुँदै बुधवार काठमाडौंमा पनि भव्य रूपमा सम्पन्न भएको छ ।

फिल्म हेरिसकेपछि पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘फिल्म मन छुने बनेको’ बताउँदै नेपालको इतिहासको एउटा कालखण्डलाई सम्झाउने बताए ।

फिल्मको कथा, अभिनय र प्रस्तुति पनि प्रभावकारी रहेको उनको भनाई थियो । फिल्मले भावुक बनाउने पनि उनले उल्लेख गरे ।

समारोहमा पूर्वप्रधानमन्त्री ओलीले फिल्मका अभिनेता विजय लामालाई ‘वारियर सम्मान’ समेत प्रदान गरेका थिए । प्रिमियरमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेल, एमाले नेता शेरधन राई, पूर्व मुख्यमन्त्री हिक्मत कार्की, राप्रपा नेता तथा सांसद् ज्ञानेन्द्र शाहीसहित निर्देशकहरु ज्ञानेन्द्र देउजा, दीवाकर भट्टराई, अभिनेता राज कटुवाल, मोडल गरिमा शर्मा लगायतको पनि उपस्थिति थियो ।

त्यस्तै, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले वीरताको कथा भन्दा महिलाको कथा वेवास्था गरिदै आएकोबारे ध्यानाकर्षण गराए ।

मन्त्री किरातीले गोर्खा भन्ने बित्तिकै पुरुषको कथा मात्रै आउने तर घरमा बसेर बिधुवा भएको चेलीहरुको कथा कमै आउनेबारे फिल्म निर्माणकर्ताहरुको ध्यानाकर्षण गराएका हुन् । उनले अब घरमा बसेर संघर्ष गरेका महिलाको कथाको पनि उत्खनन् गर्नुपर्ने बताएका हुन् ।

रमाइलो गर्दै उनले भने, सिनेमाका निर्देशक मिलन चाम्सको उचाई भर्ति हुने मात्रै भएपनि सिने क्षेत्रमा उनकाे उचाई सगरमाथा जत्तिकै छ । हुन पनि चाम्सले प्रिमियरमा गरेकाे मेहनत हेर्ने हाे भने  सगरमाथाकाे उचाइलाई माथ खुवाउने नै थियाे ।

जङ्गलको अनुभूति दिनेगरी  हल सजाइएका थिए, ठाउँठाउँमा बन्दुक बाेकेका सिपाही खटाइएकाे थियाे, कन्डक्ट सहितकाे साँगितीक माहाेल थियाे । बस्,  बाेलाएका सबै पाहुनालाई फिल्म देखाएर पठाउन सकेको भए कस्तो गज्जब हुने थियो ।

प्रिमियरमा को बोलाउने, को नबोलाउने फिल्म निर्माणकर्ता कै हातको कुरो हो, कि ठाउँ पुग्ने गरेर अरु हलमा पनि फिल्म देखाएको भए हुन्थ्यो । आएका पाहुना अमिलो मुख लगाएर फर्केको खासै राम्रो भएन है !


सम्बन्धित समाचार
       © 2022 - 2024 to Kurakanee ,  All Rights Reserved.  Crafted by Bitcraft Technology