पधेरो

अभिनेत्रीलाई होच्याँई कहिलेसम्म ?

अभिनेत्रीलाई होच्याँई कहिलेसम्म ?

  • कुमार विनोद पौड्याल

  • मङ्लबार, अशोज ३०, २०८०

  • 875
    SHARES
अभिनेत्रीलाई होच्याँई कहिलेसम्म ?

के फिल्मी क्षेत्रमा केटाले धेरै  स्ट्रगल गर्नुपर्ने र केटीले सजिलै सफलता हात पार्ने हो ? यो बहस लामो समयदेखि चलिआएको छ । यहि भाष्यलाई टेकेर अभिनेता सुशिल सिटौलाले पनि आफु केटा भएकैले सफल हुन गाह्रो भएको बताएका छन् ।

रोष्टिङ सो ‘आम्मा कसम याँ दुख्छ’ को दोस्रो सिजनको एघारौं एपिसोडमा उषा रजक र सुशिल सिटौला पाहुना बनेर गए ।  कार्यक्रम सञ्चालक बिक्की अग्रवालले सुशिललाई प्रश्न सोधे, स्वस्तिमा र तपाईले एक्कैचोटी करियर स्टार्ट गर्नुभयो । उहाँको एकैपटकमा स्टार्ट भयो तपाई किक मारेको मार्यै हुनुहुन्छ नि ?

उत्तरमा सुशिलले भने ‘किनभने म केटा मान्छे हो नि त !’

यतिमै मात्र रोकिएनन् उनि । भने, ‘जतिबेलै किक हानिरहनुपर्छ, म केटा मान्छे हुँ, त्यसैले किक हानिरहेको छु ।’
सुशिलको भनाई अनुसार, स्वस्तिमा लगायतका अन्य महिला अभिनेत्रीहरु, केटी भएकैले सफल भएका हुन् । उनिहरुको मिहेनत, खटाइ केहि छैन ।

छेउमा बसेकी उषा रजकले महिलाले कार्यक्षेत्रमा भोग्नुपरेको हिंसाबारे बोलिरहँदा एटेन्सन सिकरको उपमा दिइयो । उनले राजेश हमालको अभिनयलाई ‘ओभररटेड’ भन्दा सबै मानिस उनिमाथी खनिए र अश्लिल शब्दहरुको प्रहार गरे । तर सुशिलले ठुलो स्वरमा गर्जिएर महिला अभिनेत्रीबारे सस्तो प्रतिक्रिया दिँदा सामाजिक सञ्जाल मौन बस्यो ।

यसैबाट पनि थाहा पाउन सकिन्छ, साँच्चै केटा मानिसले नभएका कुरा बोले पनि हुन्छ, केटीले सबैले देखेको र भएको कुरा पनि बोल्न हुँदैन । बोल्यो कि पोल्यो । पोलिँदाको पिडा भोग्नेले मात्रै महसुस गर्ने हो, हेर्नेले त हर्रहरी बलेको राँको मात्रै देख्ने हुन् । जे देखिन्छ त्यसैलाई सफल भएको मानिदिने हुन् ।

यतिबेलाकी ब्यस्त र सफल नायिका हुन् स्वस्तिमा । सबै अभिनेत्रीहरु सुस्ताइरहेका बेला उनका निकै अपेक्षित दुई फिल्महरु प्रर्दशनको तयारीमा छ, पशुपति प्रसाद २ः भष्मे डन र दिमाग खराव । म्युजिक भिडियोदेखि फिल्मसम्म एकछत्र राज गरिरहेकी अभिनेत्रीलाई महिला भएकै कारण सफल भएको आरोप लगाउन हुँदैनथ्यो कि ।

के सुशिलसँगै ‘होस्टल रिर्टनस्’ फिल्मबाट डेब्यु भएकी स्वस्तिमा केटी भएकाले मात्रै सफल अभिनेत्री भएकी होलिन् त ? अहिलेसम्म सफल भएका अभिनेत्रीहरु केटी भएकैले सफल थिए भने, असफल भएका अभिनेत्रीहरुको बारेमा के भन्छन् उनि ? सफल भएका अभिनेताका बारेमा के भन्छन् सुशिल । बहसको बिषय यो हुनुपथ्र्यो हैन र ?  तर सामाजिक सञ्जालका प्रयोगकर्ता लागे उषा रजकको पछि । राजेश हमालको अभिनयलाई ‘ओभररेटेड’ भन्न पाइने कि नपाइने भन्नेतिर । भिड पछि लाग्यो राजेश हमाल महानायक हो या हैन भन्नेतिरमा गरमागरम बहस र तर्क गर्न । जसका लागि उषाले सामाजिक सञ्जालमा माफी नै माग्नुपर्ने अवस्था आयो ।

के लाग्छ सुशिल जी, तपाई केटा भएकैले जे बोल्न पनि पाउनुहुन्छ ? सामाजिक सञ्जालले माफ गरिदिएपनि केटी भएकाले सफल भएको र आफु केटा भएकाले स्ट्रगल गरिरहेको भन्नु आपत्तिजनक छ है ।


सम्बन्धित समाचार
       © 2022 - 2024 to Kurakanee ,  All Rights Reserved.  Crafted by Bitcraft Technology