आवश्यक पर्दा हेलिकोप्टर चार्टड गर्नसक्ने मानिसलाई चाहिएको छैन जहाजः मन्त्री किराती

आवश्यक पर्दा हेलिकोप्टर चार्टड गर्नसक्ने मानिसलाई चाहिएको छैन जहाजः मन्त्री किराती

  • कुराकानी

  • सोमवार, फाल्गुन १४, २०८०

  • 348
    SHARES
आवश्यक पर्दा हेलिकोप्टर चार्टड गर्नसक्ने मानिसलाई चाहिएको छैन जहाजः मन्त्री किराती

कालिकाेट । लामो समयदेखि बन्द रहेको कालिकोटमा अवस्थित सुनथराली विमानस्थलको औपचारिक उद्घाटन भएको छ ।

सोमबार उप–प्रधान तथा रक्षामन्त्री पूर्ण बहादुर खड्काको प्रमुख आतिथ्यतामा विमानस्थलको उद्घाटन भएको हो । विभिन्न समयमा उद्घाटन गर्ने भनिएपनि ढिलाई हुँदै आएको थियो ।

भदौमा उद्घाटन गर्ने भनिएपनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीका बाबु बितेकाले उद्घाटन हुन सकेन ।
त्यस्तै, धेरैपटक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयं उपस्थित भएर उद्घाटन गर्ने भनिएको तर उनको समय नमिलेकाले सर्दै गएको थियो ।

अहिले पनि प्रधानमन्त्री प्रचण्डको उपस्थिति बिना विमानस्थलको औपचारिक उद्घाटन गरिएको हो । आफू पुग्न नपाएपनि वायुसेवा निगम मार्फत कालिकोटमा नियमित हवाई सेवा उपलब्ध गराउन निर्देशन दिएको मन्त्री किरातीले बताएका छन् ।

कार्यक्रममा बोल्दै मन्त्री किरातीले हालसम्म २२ ओटा विमानस्थल बनेको छ, तर उडान गर्न नसकिएको बताए । उनले यसको कारणबारे भने, ‘हामीसँग जहाज छैन । त्यसैले जहाज किन्ने प्रक्रिया अगाडी बढाइएको छ ।’

देशमा उड्ने साना खालका ६ ओटा जहाज भयो भने कर्णालीका जनताका लागि, सुदुरपश्चिमका जनताको लागि, विरामीका लागि, सुत्केरीका लागि, विद्यार्थीका लागि सेवा दिन सकिने भन्दै किरातीले भने, ‘तर कतै काठमाडौंमा तपाईँले हल्ला सुन्नुभएको छ, जहाज किन्न पाइँदैन भनेर । काठमाडौंमा बस्ने, एसीमा बस्ने, हिटर तापेर बस्ने, कालो सिसाको गाडीमा एसी चलाएर बस्ने मान्छेलाई चाहिएको छैन यस्ता जहाज ।’

आवश्यक पर्दा हेलिकोप्टर नै चार्टड गर्नसक्ने हैसियतका मानिसलाई चाहिएको छैन यस्ता जहाज भन्दै किरातीले भने, ‘जहाज चाहिएको छ कालिकोटवासी जनतालाई , जहाज चाहिएको छ त गरिव र हामीजस्ता मान्छेहरुलाई ।’

त्यसकारण आफु कुनैपनि मुल्य चुकाएर जहाज चाहिन्छ, चाहिन्छ, र चाहिन्छ भनेर हिँडिरहेको उनको भनाई छ ।

कार्यक्रमको अन्त्यमा कालिकोटको विमानस्थलमा हप्ताको एक चोटी नियमित उडान गर्ने प्रतिवद्धता समेत किरातीले व्यक्त गरेका छन् ।

 

 


सम्बन्धित समाचार
       © 2022 - 2024 to Kurakanee ,  All Rights Reserved.  Crafted by Bitcraft Technology