कुराकानी। सेफ सन्तोष साह पक्राउ परेका छन्। उनलाई शुक्रबार राति जनकपुरबाट पक्राउ गरिएको हो।
उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले साहलाई पक्राउ गरिएको पुष्टि गरेको छ। कार्यालयका अनुसार साहलाई बैंकिङ कसुरसम्बन्धी मुद्दामा पक्राउ गरिएको हो।
उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्का ले साहमाथि बैंकिङ कसुर गरेको आरोप रहेको जानकारी दिए। उनका अनुसार गैरीधारास्थित एक रेष्टुरेन्ट खरिदका क्रममा साहले उक्त कसुर गरेका हुन्।
साहले उक्त रेष्टुरेन्ट एक करोड ३० लाख रुपैयाँमा खरिद गरे पनि बाँकी रकम नतिरेको आरोप लागेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।