पहिरोका कारण जलबिरेमा मुख्य राजमार्ग अवरुद्ध

पहिरोका कारण जलबिरेमा मुख्य राजमार्ग अवरुद्ध

पहिरोले सडकमा ठूला ढुङ्गा र माटो थुपारेकाले सवारी साधन तथा यात्रुहरूको आवागमन ठप्प बनेको प्रहरीले जनाएको छ।

  • कुराकानी

  • बिहिबार, असार १८, २०८३

  • 1
    SHARES
पहिरोका कारण जलबिरेमा मुख्य राजमार्ग अवरुद्ध

कुराकानी। चितवनको जलबिरे क्षेत्रमा आज असार १८ गते ठूलो पहिरो खस्दा मुग्लिन-नारायणगढ सडकखण्ड दुवैतर्फ पूर्ण रूपमा अवरुद्ध भएको छ। पहिरोले सडकमा ठूला ढुङ्गा र माटो थुपारेकाले सवारी साधन तथा यात्रुहरूको आवागमन ठप्प बनेको प्रहरीले जनाएको छ।

सडक बन्द भएसँगै सयौँ सवारी साधन र यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन्। पहिरो पन्छाउनका लागि आवश्यक पर्ने डोजर तथा एक्स्काभेटर जस्ता उपकरणहरू अहिलेसम्म घटनास्थलमा आइपुग्न नसकेकाले सडक सञ्चालन हुन अझै केही समय लाग्ने देखिएको छ।


सम्बन्धित समाचार
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology