कुराकानी। कहिलेकाहीँ एउटा सानो मुस्कान, एउटा सहयोगी हात वा निस्वार्थ व्यवहारले कसैको जीवन नै बदलिदिन सक्छ। यही सरल तर गहिरो भावलाई समेटेर मानवता, स्वीकार्यता र दिदीभाईको सुन्दर प्रेम देखाएको म्युजिक भिडियो ‘मायाको मफलर’ सार्वजनिक गरिएको छ।
सोलमन प्रोडक्सनको प्रस्तुतिमा तयार भएको यो भिडियोले मानिसलाई बाहिरी रूप, अवस्था वा पहिचानका आधारमा होइन, मानवताको आँखाले हेर्न सिकाउँछ। सम्मान, माया र स्वीकार्यता हरेक व्यक्तिको अधिकार हो भन्ने सन्देशलाई भिडियोले भावुक र प्रभावशाली ढंगले प्रस्तुत गरेको छ।
गीतमा अमृत शर्माको शब्द, पुस्तक प्रसादको संगीत तथा दिनेश गौतमको स्वर रहेको छ। संगीत संयोजन एस.के. बच्चाले गरेका हुन् भने रेकर्डिङ र मिक्सिङ कुमार के.सी.ले फिल स्टुडियोमा गरेका छन्।
भिडियोको निर्देशन अशोक भुजेलले गरेका हुन्। मनिता सुन्दास र विनायक पन्तको कथामा आधारित भिडियोमा नविन गुरुङको छायांकन, बूमा खत्रीको सम्पादन तथा कलर ग्रेडिङ रहेको छ। आर्चर पन्त कार्यकारी निर्माता रहेका छन् भने रोशनी कार्की विशेष भूमिकामा देखिएकी छन्।
भिडियोमा अशोक भुजेल, मनिता सुन्दास, आयुष आचार्य, विनायक पन्त, श्रीजना भुजेल, राज भुजेल, अभिषेक शाह, प्रतीक्षा भुसाल, विक्की शाह र बैजु बावराले अभिनय गरेका छन्।
सोलमन प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको ‘मायाको मफलर’को पोस्ट, प्रोडक्सन द डान्फेसले गरेको हो।
निर्माण टिमले यस यात्रामा साथ दिने सम्पूर्ण कलाकार, प्राविधिक, प्रायोजक, सहयोगी, परिवार तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्दै नेपाली संगीत र स्वतन्त्र चलचित्र निर्माणलाई निरन्तर साथ र माया दिन दर्शक तथा श्रोतासँग आग्रह गरेको छ।
भिडियो हेर्नुहोस्: