१० खेलाडीमा सीमित स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा

१० खेलाडीमा सीमित स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा

इन्जुरी समयमा लाउटारो मार्टिनेजले अर्को गोल थपेपछि अर्जेन्टिनाले ३–१ को जित निकाल्यो।

  • कुराकानी

  • आइतवार, असार २८, २०८३

  • 0
    SHARES
१० खेलाडीमा सीमित स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा

कुराकानी। विश्वकप २०२६ को क्वार्टरफाइनलमा साविक विजेता अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३–१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ।

खेलको १०औँ मिनेटमा एलेक्सिस म्याक एलिस्टरले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए। तर, ६७औँ मिनेटमा स्विट्जरल्यान्डका ड्यान एनडोयेले गोल फर्काएपछि खेल १–१ को बराबरीमा पुग्यो। त्यसपछि ७२औँ मिनेटमा ब्रिल एम्बोलो रातो कार्ड खाँदै बाहिरिएपछि स्विट्जरल्यान्ड १० खेलाडीमा सीमित हुन पुगेको थियो।

निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थाल्यो। अतिरिक्त समयको ११२औँ मिनेटमा जुलियन आल्भारेजले उत्कृष्ट गोल गर्दै अर्जेन्टिनालाई पुनः अग्रता दिलाए। खेलको इन्जुरी समयमा लाउटारो मार्टिनेजले अर्को गोल थपेपछि अर्जेन्टिनाले ३–१ को रोमाञ्चक जित पक्का गर्‍यो।

यस जितसँगै अर्जेन्टिनाले सेमिफाइनलमा इङ्ग्ल्यान्डसँगको भेट पक्का गरेको छ।


सम्बन्धित समाचार
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology