इजाका: मोबाइलबाट बाहिरिएको युद्ध (फोटो फिचर)

इजाका: मोबाइलबाट बाहिरिएको युद्ध (फोटो फिचर)

  • कृष्पा श्रेष्ठ

  • शनिबार, पुस १९, २०८२

  • 48
    SHARES
इजाका: मोबाइलबाट बाहिरिएको युद्ध (फोटो फिचर)

कुराकानी । मोबाइल स्क्रिनभित्र सीमित हुने PUBG जस्तो खेल अब वास्तविक मैदानमा पनि अनुभव गर्न सकिन्छ। इजाका (IJAKA) भनेको एउटा real-life battle simulation game हो, जहाँ खेलाडीहरू सुरक्षित गियर लगाएर वास्तविक वातावरणमै रणनीति, टिमवर्क र साहसको परीक्षा दिन्छन्।

यहाँ खेलाडीहरू बन्दुकजस्तै देखिने तर सुरक्षित उपकरण प्रयोग गर्दै मिशनमा निस्किन्छन्। जंगल, खुला मैदान र अवरोधहरूले भरिएको सेटअपले खेललाई अझ वास्तविक बनाउँछ। दौड, लुकाइ, आक्रमण र बचाउ—सबै कुरा योजना अनुसार गर्नुपर्छ।

इजाका केवल खेल मात्र होइन, यो साहस, अनुशासन र टोलीगत सहकार्यको अनुभव हो। मोबाइलमा खेलिने युद्ध यहाँ पसिनासँग साटिन्छ। रमाइलो कुरा के छ भने, नाटक सिकिरहेका विद्यार्थीहरूले यही खेलमा भाग लिएर आफ्नो अभिनय र टोली कौशल मज्जासँग अभ्यास गरिरहेका छन्।


सम्बन्धित समाचार
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology