पँधेरो

एटेन्सन सिकर उषा

एटेन्सन सिकर उषा

उषा जी कामबाट दर्शकमाझ चिनिनुस्, बिबादित अभिब्यक्तिवाट मात्र हैन । नत्र सधैं मुतको न्यानोमा बानी पर्ला है।

  • कुमार बिनोद पौड्याल

  • शुक्रबार, अशोज २६, २०८०

  • 857
    SHARES
एटेन्सन सिकर उषा

कुरौटेपाटी। फिल्मी क्षेत्रमा एउटा गज्जवको उखान चलनचल्तीमा छ, बदनाम भएर केही भएन तर गुमनाम हुन भएन। जसको उदाहरणमा अचेल अभिनेत्री उषा रजकलाई राख्न सकिन्छ। उनि बिभिन्न विवादित अभिव्यक्ती दिएर आफुतिर ध्यान तान्न खोजिरहेकी छन्।

अहिलेसम्मका विवाद हेर्दा ती सबै छोटो समयका लागि मात्र भाइरल बनिरहेका छन्। केहि समय तहल्का मच्चाएर प्याट्ट फुटिहाल्ने पानीका फोका जस्ता।

केहि समय अघि मात्रै सामाजिक सञ्जालमा उषाले निर्देशक तथा अभिनेता अनुप बरालका कारण १७ बर्षअघि फिल्म गुमाएको आरोप लगाएकी थिइन्। उनकै समकालीन अभिनेत्री दिया मस्केसँग अनुपको सम्बन्धका कारण आफूले फिल्म गुमाएको उनको भनाइ थियो।

सामाजिक सञ्जालमा उनले घुमाउरो पारामा लेखेकी थिइन्, ‘ फिल्ममा म फाइनल भएको भएपनि किन नलिएको भनेर सोध्दा उहाँले डिनरको अफर गर्नुभएको थियो, मैले बुझिनँ।’

उनको लेखाइ अनुसार फिल्मी क्षेत्रमा चर्चित ‘कास्टिङ काउच’ को आरोप थियो अनुप माथि। कास्टिङ काउच गम्भीर आरोप हो । यसमा सबैले गम्भीर भएर बहस गर्न जरुरी थियो । तर उषाले जुन तरिकाले यो मुद्दा उठाइन्, त्यसले गहिरो मुद्दालाई पनि हलुका बनाइदियो । उनको मुद्दा उठाउने तरिकाले गर्दा बहस हुनुपर्ने विषय समेत ओझेलमा पर्यो र यो केवल चर्चा कमाउन प्रयोग गरिएको हतियार मात्र बन्न पुग्यो ।

उनी यतिमा मात्रै रोकिइनन्, अनुपकी पुर्व श्रीमतीको फेसबुक म्यासेज समेत उनको प्रोफाइलबाट छताछुल्ल पारेकी छिन्।

उनको जलन दिया मास्केसँग पनि देखिन्छ। उनकै समकालिन समेत रहेकी कलाकार दियाले मेहनत नै नगरी फिल्म पाएको देखि, उनका श्रीमानको हातले उचाल्लिएको भनाई जताततै सुन्न पाइन्छ ।

माथिका विवाद सब यतिबेला सेलाएसकेको थियो । फिल्म बृत्तमा उषाले अब के फण्डा गर्लिन् त भनेर यताकता चर्चा समेत हुन थालेको थियो ।

उनको विवादित छविलाई यो पटक साथ दियो, बिक्की अग्रवालको रोस्ट सो ‘ आम्माँ कसम याँ दुख्छ’ ले। कार्यक्रमको सार्वजनिक ट्रेलरमा उषाले ल्याएकी छन् नयाँ फण्डा।

सबैले मानेको महानायक राजेश हमाललाई ‘ओभररेटेट एक्टर’ भनेकी छन् उनले। अभिनय मात्रै हैन नाच्न पनि नआउने समेत भन्न हिचकिचाएकी छैनन्। यसमा केहि हदसम्म सत्य होला तर, यो बोल्ने बित्तिकै पोल्ने विषय हो। कार्यक्रम प्रर्दशनमा आएपछि उनको यो बिबादले कत्तिको आगो बाल्ने हो त्यो भने हेर्न बाँकी छ।

राजेश हमाललाई महानायक मान्ने कि नमान्ने भन्ने बहसमा चिप्लँदा निर्देशक तथा कलाकार दिपाश्री निरौला डिप्रेसनमै पुग्न परेको थियो। पछि हरेक कार्यक्रममा महानायक राजेश हमाल नै हो भन्दै हिड्न परेको थियो। किनभने राजेश हमाललाई महानायक मान्ने तप्का धेरै छ नेपाली फिल्म उद्योगमा। उनिहरु हमालको कमजोरीबारे चुइँक्क बोल्दा समेत जरै खन्ने गरी लखेट्छन्।

यो सब थाहा हुँदाहुँदै कलाकार उषा रजकले शानका साथ राजेश हमालको अभिनयमा खोट लगाएकी छन्।

को हुन् उषा ? 

चर्चाको लागि अनेक विवाद गरिरहेकी उषा अब्बल कलाकार हुन्। लामो समयसम्म नाटकमा रमाएकी उनि एकाएक नेपाली रंगमन्चबाट हराइन् । बिदेशी नागरिकसँग घरजम गरेर उतै बसाईँ सरेकी थिइन् । केहि बर्ष उतै बसिन् तर पाँच बर्षदेखि उनि नेपालमा छिन् ।

उनि कोभिड १९ को महामारीमा भर्चुअल थियटरमा देखाइएको नाटक ‘अनुपस्थित तीन’ देखि कमब्याक भएकी हुन्। पछि यो नाटक थियटरमा पनि मन्चन गरिएको थियो। कठपुतली फिल्म फ्लप भएपश्चात केहि हाँस्य कार्यक्रममा पुगिन् तर त्यहाँ उनको कमेडीमा दर्शक हाँसेनन्।

निःशुल्क एक सुझाव, उषा जी कामबाट दर्शकमाझ चिनिनुस्, बिबादित अभिब्यक्तिवाट मात्र हैन । नत्र सधैं मुतको न्यानोमा बानी पर्ला है।

 


सम्बन्धित समाचार
       © 2022 - 2024 to Kurakanee ,  All Rights Reserved.  Crafted by Bitcraft Technology