कुराकानी। १९औँ गणतन्त्र दिवस का अवसरमा राजधानीको टुँडिखेलमा विशेष तथा भव्य समारोह आयोजना गरिएको छ। जेठ १५ गते सरकारले हरेक वर्ष औपचारिक कार्यक्रम गर्दै गणतन्त्र दिवस मनाउँदै आएको छ।

शुक्रबार बिहानदेखि सुरु भएको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाह लगायत उच्च पदस्थ व्यक्तिहरूको उपस्थिति छ।

तोप प्रहारसँगै सुरु भएको कार्यक्रममा सैनिक परेड र कवाज प्रदर्शन प्रस्तुत गरिएको छ। यसपालि विशेष समारोहलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।





